जसको समस्या उसको प्रतिनिधित्व हुनुपर्ने माग

जसको समस्या उसको प्रतिनिधित्व हुनुपर्ने माग

514
SHARES

मकवानपुर /इन्दिरा न्यौपाने (पहिचान) असार ३ -यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायले जसको समस्या उसको प्रतिनिधित्व हुनुपर्ने बताएका छन् । संविधान सूचना केन्द्र चितवनले मकवानपुरको हेटौडामा गरेको कार्यक्रममा सहभागी समूदायका प्रतिनिधिले संविधान लेख्ने थलो संविधानसभामा आफ्नो समूदायको अनिवार्य प्रतिनिधित्व हुनुपर्ने बताएका हुन् । विभिन्न पार्टीका पूर्व सभासद, कानुनविद, उच्च पदाधिकारीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु साथै नील हिरा समाज मकवानपुरका यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायहरुले अघिल्लो संविधानसभामा विवाद नभएका विषय अहिले लेखिने संविधानमा जस्ताको त्यस्तै राख्नुपर्नेमा जोड दिए ।
DSC05415नागरिक भएर बाच्नको लागि समान अधिकारको सुनिश्चित गरिनुपर्ने माग कार्यक्रममा सहभागीहरुको थियो । यौनिक अल्पसंख्यक समुदायका सदस्यले जसको समस्या उसको प्रतिनिधित्व गराइए मात्रै जनताले चाहे अनुसारको संविधान निर्माण हुने दावी गरे । उनीहरुले संविधान लेखनमा यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगीलाई पनि सहभागी गराउन पनि माग गरेका छन् ।
समलिंगी तेस्रोलिंगीको जायज माग सम्वोधन गर्न आफूहरुले पनि पहल गर्ने सहभागीले प्रतिवद्धता जनाएका थिए । हरेक क्षेत्रमा राज्यले समान व्यवहार र समान अधिकार प्रदान गरिनुपर्ने, राज्यको विभिन्न निकायमा समलिंगी तेस्रोलिंगीको समान पहुँच हुनुपर्ने माग कार्यक्रममा सहभागीहरुको थियो ।

समाचार शेयर गर्नुहोस्
514
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.