निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

कसैलाई काखा र कसैलाई पाखा गराउने कानुन मान्य हुँदैन

कसैलाई काखा र कसैलाई पाखा गराउने कानुन मान्य हुँदैन

603
SHARES


???????????????????????????????
काठमाडौं (पहिचान) असार २६ -नेपाली काँग्रेसले समलिंगी तेस्रोलिंगी माथि विभेद हुने व्यवस्था सहित संसदमा दर्ता भएको देवानी तथा फौजदारी संहिता संसोधन हुनुपर्ने बताएको छ । संहितामा समलिंगी तेस्रोलिंगी माथि धेरै विभेदकारी व्यवस्था रहेकाले संसोधन हुनुपर्ने काँग्रेसको भनाई छ । काँग्रेस संसदीय दलमा मूख्य सचेतक चिनकाजी श्रेष्ठले मानव मानवबीच विभेद हुने कानुन संसोधन या खारेज गर्नु पर्ने बताए । मूख्य सचेतक श्रेष्ठले छलफल नगरी संसदमा दर्ता भएको देवानी तथा फौजदारी संहिताका धेरै प्रावधान अस्पष्ट रहेको समेत बताए । महिला र पुरुषमात्रै उल्लेख गरिएको संहिताले नेपालमा रहेका समलिंगी तेस्रोलिंगी माथि विभेद गरेको श्रेष्ठको भनाई छ ।
नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले देवानी तथा फौजदारी संहितमा समलिंगी तस्रोलिंगी माथि विभेद हुने व्यवस्था रहेकाले विभेदकारी व्यवस्था संसोधनका लागि सहयोग गर्न श्रेष्ठसँग माग गरिन् । अध्यक्ष गुरुङले संसोधन गर्नुपर्ने बँदाको तीन महले बुझाउँदै समलिंगी तेस्रोलिंगीमाथि विभेद हुने व्यवस्था संसोधन गर्न काँग्रेसले सहयोग गर्नुपर्ने बताइन । महिला र पुरुष सरह समान अधिकार पाउन अभियान चलाइरहेका छौ अध्यक्ष गुरुङले भनिन, सर्वोच्च अदालतले समलिंगी तेस्रोलिंगी माथि विभेद हुने कानुन संसोधन गर्न दिएको आदेश विरुद्ध विभेदकारी व्यवस्था सहितको देवानी तथा फौजदारी संहिता दर्ता हुनु दुखद हो ।
एकातिर राज्य अधिकार दिए जस्तो गर्ने र अर्को तर्फ आपराधी घोषणा गर्ने व्यवस्था ल्याउन उद्यत हुनुले देशभरका समलिंगी तेस्रोलिंगी चिन्तित बनेको अध्यक्ष गुरुङको भनाई छ । सरकारको नेतृत्व गरेको काँग्रेस संसदीय दलका मूख्य सचेतक चिनकाजी श्रेष्ठले काँग्रेस महिला पुरुष सरह समलिंगी तेस्रोलिंगीले पनि अधिकार पाउनु पर्ने पक्षमा रहेको बताए । धर्म पुत्र पुत्रीको सट्टा धर्म सन्तान राख्नुपर्ने, पैतृक सम्पत्तीमा छोरा छोरीसँगै समलिंगी तेस्रोलिंगी पनि राख्नुपर्ने र बिबाह महिला र पुरुषबीच मात्रै नभएर समलिंगी विवाहको व्यवस्था राख्न देवानी तथा फौजदारी संहिता संसोधन हुनै पर्ने मूख्य सचेतक श्रेष्ठले बताए । श्रेष्ठले समलिंगी तेस्रोलिंगीको राजनीतिक अधिकारबारे पार्टी विधानमै उल्लेख गर्ने समेत स्पष्ट पारेका छन् । IMG_20140710_090011751

नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङको ध्यानाकर्षण पत्र बुझ्नु अघि रेडियो कार्यक्रम पहिचानमा बिष्णु अधिकारीसँग कुराकानी गर्दै मूख्य सचेतक श्रेष्ठले पार्टीमा समलिंगी तेस्रोलिंगीलाई उचित स्थान दिएको दावी समेत गरे । तेस्रोलिंगी भूमिका श्रेष्ठलाई महाधिबेशन प्रतिनिधि बनाएका छौ श्रेष्ठले भने, पार्टी विधानमै समलिंगी तेस्रोलिंगीलाई अनिवार्य प्रतिनिधित्व गराउने व्यवस्था गर्न सकिन्छ । उनले संविधानसभामा समलिंगी तेस्रोलिंगीको प्रतिनिधित्व नभएपनि समलिंगी तेस्रोलिंगीको अधिकार लेख्ने विषयमा काँग्रेसले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए । श्रेष्ठले कसैलाई काखा र कसैलाई पाखा लगाउने काम नगर्ने दावी समेत गरे ।

समाचार शेयर गर्नुहोस्
603
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.