राज चौधरी/कैलाली (पहिचान) साउन ४– श्रावणको सुरुवातसंगै सुदूरपश्चिम समाजले आफ्ना कर्मचारीहरुसग हरियो चुरा मेहेन्दी लगाउने कार्यक्रमको आयोजना गरी एकआपसमा माया र सद्भाव साटासाट गरेको छ । कार्यक्रममा सुदुर पश्चिमका क्षेत्रिय संयोजक राजु लामाले आफ्ना सबै कर्मचारीलाई हरियो चुरा र मेहेन्दी वितरण गरेका छन् । तेस्रोलिंगि महिलामाथिको विभेद अन्त्य भई उनीहरुको भावनाको कदर हुनुपर्ने सन्देशका साथ समाजले यो किसिमको कार्यक्रमको आयोजना गरेको जनाएको छ । नेपाली समाजमा श्रावण महिनाभर महिलाले मेहेन्दी र हरियो चुरा लगाउने परम्परा छ ।
कार्यक्रममा सुदुर पश्चिमका क्षेत्रिय संयोजक लामाले लुकेर बसेका समलिंगी तेस्रोलिंगीलाई आफ्नो यौनिकता र भावनामाथि गर्व गर्नुपर्ने बताए । मानिसले आफ्नो चाहना र इच्छामा जिउन पाउनुपर्ने भन्दै लामाले समलिंगी तेस्रोलिंगी माथि समाजले हेर्ने दृष्टिकोण परिवर्तन गर्नका लागि आफुले आफ्नौ यौनिकतामाथि गर्व गरी खुलेर आउनुपर्नेमा जोड दिए । उनले महिला पुरुष सरह समान अधिकार प्राप्तिका लागि सम्पुर्ण यौनिक तथा लैगिक अल्पसंख्यकलाई अग्रसर हुन पनि आग्रह गरे ।
त्यस्तै लामाले पुल फण्ड अन्तर्रगतका कार्यक्रमको सम्झौता आवधि समाप्त भएको हुदा कार्यक्रमलाइ सहज वातावरणमा सम्पन्न गर्न सहयोग गर्नुहुने सबै कर्मचारीलाई धन्यवाद दिए । साथै कार्यक्रम अवधि समाप्त भए पनि समलिंगी तेस्रोलिंगीको अधिकार प्राप्तिको अभियान समाप्त नहुने पनि उनले बताए ।
कार्यक्रममा सहभागी समलिंगी तेस्रोलिंगीले घरपरिवार, समाज र राज्यबाट भोगिरहेको विभेद तथा दुव्र्यवहारलाई अन्त्य गर्न र यौनिक तथा लैंगिक अल्पसंख्यकको मुद्दा अगाडी लैजानका निमित्त सधै एक जुट हुने प्रतिबद्धता जनाएका थिए ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.