निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

संविधानमा समलिंगी तेस्रोलिंगीका अधिकार लेखिनुपर्ने पर्नेमा पौडेलको जोड

संविधानमा समलिंगी तेस्रोलिंगीका अधिकार लेखिनुपर्ने पर्नेमा पौडेलको जोड

561
SHARES

Dang Iकाठमाडौंं (पहिचान) साउन ९ -राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवं संविधानसभाको नागरिक सम्वन्ध तथा संविधान सुझाव समितिकी सदस्य दुर्गा पौडेलले समलिंगी तेस्रोलिंगीको अधिकार संविधानमा लेख्न कुनै कन्जुस्याई नहुने बताएकी छन् । संविधानमा आफ्ना अधिकार लेखाउन दवाव दिइरहनु पर्ने सुझाव दिदै उपाध्यक्ष पौडेलले समलिंगी तेस्रोलिंगीको अधिकार संविधानमा लेख्न कुनै कन्जुस्याई नहुने वताएकी हु्न् । रेडियो कार्यक्रम पहिचानमा कुराकानी गर्दै उनले अधिकार लिन डराउन नहुने बताइन ।
सदियौदेखि महिलाले अधिकारका लागि लड्दा बल्ल अधिकार पाउन थालेको बताउँदै पौडेलले अधिकार लडेर लिनुपर्नेमा जोड दिइन । उनले संविधान निर्माणका लागि जनतासंग सुझाव लिन गाउ गाउ जाने क्रममा समलिंगी तेस्रोलिंगीले पनि सुझाव दिन पाउने वाताबरण बनाउन आफै कुरा राख्ने बताउदै सुझाव लिन गएका सभासदलाई सुझाव दिन समलिंगी तेस्रोलिंगीलाई आग्रह गरिन । Durga Paudel1
राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष पौडेलले समलिंगी तेस्रोलिंगीको अधिकारका लागि आफुले संसद र संविधानसभामा आवाज उठाउने प्रतिबद्धता जनाइन । समाजका सबै समुदायले समान अवसर पाउनु पर्छ भन्दै उनले अब बन्ने संविधानमा समलिंगी तेस्रोलिंगीका अधिकार उल्लेख हुनु पर्नेमा जोड दिइन् ।
‘अधिकार सबैले पाउनु पर्छ भन्ने पक्षमा राष्ट्रिय जनमोर्चा अग्रणी स्थानमा रहेको छ’ संविधानसभा सदस्य समेत रहेकी पौडेलले भनिन् ‘बिभिद कारणले पछि परेको यो समुदायका अधिकार पनि अब बन्ने संविधानले सुनिश्चित गर्नु पर्छ । त्यसका लागि ब्यक्तिगत रुपमा म आफै पनि पहल गर्छु । हाम्रो पार्टीले पहल गर्छ ।’
पौडेल सदस्य रहेको समितिको कार्यसूचि
समितिसंग सम्बन्धित संविधानसभाको मूल कार्यतालिकामा भएको मुख्य मुख्य कार्य

सिनं

समितिको मुख्य कामको विवरण कार्यसूचि कार्य अवधी

संविधानको पहिलो मस्यौदामाथि जनताको राय सुझाव लिने अन्तिम समय सीमा तोकी कार्ययोजना तयार गर्ने । २०७१ असोज मसान्त सम्म

संविधानको पहिलो मस्यौदा माथि व्यापक सुनुवाई, गोष्ठी, अन्तक्रिया गराउने ।

२०७१ कार्तिक मसान्त सम्म

जुनसुकै माध्यमबाट आएका सुझाव संकलन गर्ने ।

समिति सचिवालयले जनताबाट आएका सुझावको विश्लेषण एवं अभिलेखिकरण गर्ने कार्य प्रारम्भ गरी निरन्तरता दिने ।

मा० सदस्यहरु आ–आफ्नो जिल्ला, क्षेत्र र मुलुकका विभिन्न भागमा जाने र जनताका राय सुझाव लिने ।

जनताको राय सुझाव सम्बन्धी विस्तृत प्रतिवेदन तयार गरी सभामा पेश गर्ने । २०७१ मंसिर मसान्त सम्म

समाचार शेयर गर्नुहोस्
561
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.