निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

लैगिंक विभेद अन्त्य गर्न व्यक्तिको सोचमा नै परिवर्तन ल्याउनु पर्नेमा जोड

लैगिंक विभेद अन्त्य गर्न व्यक्तिको सोचमा नै परिवर्तन ल्याउनु पर्नेमा जोड

904
SHARES

???????????????????????????????कास्की /बिपना पनेरु (पहिचान) साउन ११ -लैङ्गिक विभेद अन्त्य गर्न सबैे जना आ—आफ्नो ठाउँबाट लाग्नुपर्नेमा जोड दिइएको छ । पोखरा लेडी जेसीजले वर्ष २०१४ को जेसीज सप्ताहान्त (जेसीज विकइन्ड) कार्यक्रम अन्तरगत पोखरामा भएको ‘‘लैङ्गिक हिंसाका कारण र न्यूनिकरण’’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले लैङ्गिक विभेद अन्त्य गर्न आ—आफ्नो ठाउँबाट पहल गर्नुपर्नेमा जोड दिएका हुन् । उनीहरुले कसैले पनि विभेद सहेर बस्न नहुने बताउँदै विभेदको प्रतिकार गर्न सक्नुपर्ने बताए । कार्यक्रममा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले शिक्षा, रोजगार मात्रै भन्दा पनि हरेक कुरामा महिला सक्षम हुनुपर्ने बताउँदै कहि कतै हिंसा भए त्यसलाई कानुनको दायरा ल्याउनुपर्ने बताए । उनले आगामी दिनमा लैङ्गिक विभेद अन्त्यको लागि गरिने हरेक कार्यक्रममा सहयोग गर्ने प्रतिवद्धता जनाए ।

त्यस्तै महिला तथा बालबालिका कार्यालय कास्कीका प्रमुख पूर्ण श्रेष्ठले लैगिंक विभेद अन्त्य गर्न व्यक्तिको सोचमा नै परिवर्तन ल्याउनु पर्नेमा जोड दिइन । उनले लैङ्गिक विभेद अन्त्य गर्न गरिने हरेक कार्यक्रममा सहयोग गर्ने प्रतिवद्धता जनाइन । कार्यक्रममा प्रहरी उपरिक्षक चन्द्रा गुरुङले महिला हिंसाको घट्ना दिनप्रति दिन बढदै गएको जानकारी दिदै हिंसा अन्त्य गर्न महिला आफै सक्षम हुनुपर्नेमा जोड दिइन । अधिवक्ता तथा सी.डब्लु.ई.एस का सचिव भुवन पराजुलीले हिंसा घरबाटै सुरु हुने बताउँदै कसैले पनि हिंसालाई सहेर बस्ने बानीले हिंसाले प्रश्रय पाउने गरेको बताए ।???????????????????????????????

कार्यक्रममा पविर्तन नेपालका पश्चिमाञ्चल कार्यक्रम संयोजक बिन्दिया गौतमले समलिंगी तेस्रोलिङ्गीलाई समाजले हेर्ने दृष्टिकोण फरक भएको बताउँदै समलिङ्गी तेस्रोलिङ्गीको परिचय खुल्ने नागरिकताको व्यवस्था गर्न सहायक प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्मासँग माग गरिन । कार्यक्रममा परिवर्तन नेपालकै मानव अधिकार कर्मी राज थापाले समलिगीं विवाहलाई कानुनी मान्यता दिनुपर्ने बताए । राजले भने–“ समलिंगी विवाहले कानुनी मान्यता पाउने हो भने सवै समलिगीं जोडीले आफुले चाहेको व्यक्ति सँग सहज रुपमा जीवन निर्वाह गर्न पाउथे तर समलिगीं जोडीलाई कानुनी मान्यता नदिदाँ परिवारको सदस्य बाटै विभिन्न मानसिक यातना भोग्नुपरेको छ ।”

समाचार शेयर गर्नुहोस्
904
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.