निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

अधिकार प्राप्तीको अभियानमा पन्तको भूमिका महत्वपूर्ण

अधिकार प्राप्तीको अभियानमा पन्तको भूमिका महत्वपूर्ण

945
SHARES

काठमाडौं (पहिचान) भदौ २७ घर, परिवार र समाजबाट लखेटिएका समलिंगी तेस्रोलिंगी संगठित भएको १३ बर्ष पूरा भएको छ । राज्यको विभेदकारी नीति र कानुनी प्रावधानका कारण समलिंगी तेस्रोलिंगी आज भन्दा १४ बर्ष अगाडि घर, परिवार र समाजबाट टाढा जानुपर्ने बाध्यता थियो । तेस्रोलिंगी आनिक रानाले भनिन्, सुनिलावावु पन्तको एक्लो प्रयासबाट आज लाखौ समलिंगी तेस्रोलिंगी एकै ठाउँमा भेला भएका छौ । नील हिरा समाज १३ बर्ष पूरा गरी १४ बर्ष प्रवेश गरेको अवसरमा उपस्थित सबैले समलिंगी तेस्रोलिंगीको अधिकार प्राप्तीका अभियन्ता पूर्व सभासद् एवं सन २०१४ को नोवेल शान्ति पुरस्कारको मनोनयनमा परेका सुनिलवावु पन्तको प्रसंसा गरे ।

शुभकामना दिदै अध्यक्ष पिंकी गुरुङले सबै जना एकजुट भएर थप अधिकार प्राप्तीको अभियानमा जुट्नुको विकल्प नभएको बताइन । आज हामीसँग सुनिलवावु पन्त हुनुहुन्न, तर पनि अधिकार प्राप्तीको अभियानमा उहाँको साथ रहिरहनेछ गुरुङले भनिन्, यो या त्यो वाहनामा अधिकार विहिन बनाउने सपना नदेखे हुन्छ । उनले शुरुवाती दिन कहाली लाग्दा भएपनि अहिले देशभर उज्यालो छाउँदै गएको बताइन् । समलिंगी तेस्रोलिंगीको अधिकार प्राप्तीको अभियानमा साथ दिने सबैलाई अध्यक्ष गुरुङले धन्यवाद दिइन ।IMG_20140912_125928435???????????????????????????????

समाजकी उपनिर्देशक मनिषा ढकालले संस्था स्थापनाको शुरुवाती दिन नरमाइला भएपनि लामो सघर्ष र त्यागका कारण अहिलेको अवस्थामा आइपुगेको बताइन । ढकालले बार्षिकउत्वस मनाइरहँदा सुनिलवावु पन्तको झल्को आइरहेको बताइन् । रत्नपार्कमा कण्डम र लुव्रिकेण्ट वितरण गर्दा हामी भाग्थ्यौ ढकालले भनिन्, तर अहिले डर र त्रासमा बाच्नु पर्ने अवस्था अहिले छैन । नील हिरा समाजको सहारा परियोजनाकी राष्ट्रिय कार्यक्रम निर्देशक दुर्गा थापाले अहिले समलिंगी भनेर खुल्न समस्या नभएको बताइन । नील हिरा समाज चण्डोलका प्रमूख विश्वराज अधिकारीले समाजमा रहेको भ्रम अन्त्य गर्न अझ धेरै काम गर्न बाँकी रहेको बताए ।

समाजका वित्त प्रमूख विष्णुराज पन्तले एकजुट भएर समस्या र चुनौती विरुद्ध लड्नुपर्ने बताए । नील हिरा समाजका राजेश लामाले समूदायका सदस्यलाई सबैको साथ सहयोग रहिरहने विश्वास व्यक्त गरे । समाजका कानुनी सल्लाहकार सुजन पन्तले कानुनी लडाईका लागि आफूहरु सधै समलिंगी तेस्रोलिंगीको पक्षमा वकालत गर्न प्रतिवद्ध रहेको बताए ।

समाचार शेयर गर्नुहोस्
945
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.