“ट्रान्स्जेन्डर” लाई हाम्रो लोकल भाषाहरुमा के भन्ने?

“ट्रान्स्जेन्डर” लाई हाम्रो लोकल भाषाहरुमा के भन्ने?

सुनिलवावु पन्त /पहिचान- “ट्रान्स्जेन्डर” शब्द अंग्रेजी भाषाको दुईटा सब्द मिलेर बनेको हो, transition (ट्रान्जिसन)  ‌‌+ gender (जेन्डर) = Transgender (ट्रान्स्जेन्डर)। ट्रान्जिसनको अर्थ एक अबस्थितिवाट अर्को अवस्थिति तिर गुज्रदै गरेको भन्ने अर्थमा प्रयोग हुने गर्दछ, जस्तै Nepal is in transition now, अर्थात ‘ नेपाल अहिले संक्रमणकाल वाट गुज्रिरहेको छ’।

त्यस्तै केहि पुलिङ्गि (वा स्त्रिलिङ्गि) जन्मेका व्यक्ति अफूलाई  ‘ट्रान्जिसन’को अबस्थावाट गुज्रिरहेको महसुश गरी अाफूलाई ट्रान्सजेन्डर-महिला (वा ट्रान्सजेन्डर-पुरुष) चिनाउन मन पराउंछन्। यसको मुल बुझाई  पाश्चात्य परम्परा र दर्शन, जस्मा मानिस दुईवटा लिङ्गका मात्र  हुने गर्छन्, वाट प्रेरित भएको हो । यस ‘पाश्चात्य लैङ्गिक दर्शन’ अनुसार समाजमा महिला र पुरुष मात्र हुने गर्दछन्। यदि कसैलाई आफू जन्मदाको जैविक-लिङ्गको आधारमा पुलिङ्ग भए पुरुष (र स्त्रिलिङ्ग भए महिला) होईन रेहेछु (वा बन्न सकिन) जस्तो लाग्छ भने, आफूलाई ट्रान्जिसनगरेर भएपनि यी दुई लिङ्गमा सिमित हुनु पर्छ, एउटा नभए अर्को वन्नु पर्छ, तर दुई भन्दा वडि लिङ्गको अस्थित्व स्विकार हुंदैन भन्ने रहेको पाइन्छ।

यसैले ‘पाश्चात्य लैङ्गिक दर्शन’ लाई मान्ने हो भने पनि Transgender (ट्रान्स्जेन्डर) पहिचान भनेको केहि समयाबधिका लागि मात्र  हो, आजिवन होईन भन्ने बुझ्नु पर्छ, किनकि आखिरमा महिला (वा पुरुष) त बन्ने नै हो,  ढिलो-चांडो त्यहि हुने नै हो भन्ने अर्थ लाग्छ। यो पश्चिमाहरुको बुझाई हो, जस्मा मेरो बिरोध त छैन तर हाम्रो पुर्विय समाज र सभ्यतामा ठ्याक्कै त्यहि शव्द र मान्यता लागु हुन पर्छ भन्ने चै मलाई लाग्दैन।

किनकि हाम्रो पुर्विय दर्शन अनुसार दुई भन्दा बढि लिङ्गका मानिसको अस्थित्व परा पुर्वकाल देखिनै स्विकारिदै आएको छ। जसरी महिला र पुरुषलाई जनाउने अलग-अलग भाषामा  अलग-अलग शब्द पाईए जस्तै तेस्रो लिङ्गिलाई जानउने पनि अलग-अलग भाषामा  अलग-अलग सब्द पाईन्छ। केहि बिध्वानहरु समेत, नबुझेर, तेस्रो लिङ्गि पहिचान हुदै हुदैन भन्छन्। तेस्रो लिङ्गि शब्द संग जोडिएको “तेस्रो” सब्दलाई मात्र अंकगणितिय दृष्ठिले हेरेर ‘तेसो भए पहिलो र दोस्रो को त?’ भनेर प्रश्न गर्ने गर्छन। यसरि  अंकगणितिय दृष्ठिले हेरिनु नै ‘पुर्विय लैङगिक दर्शन’लाई नबुझ्नु हो।

हामी (ग्ञानको) विशेष आंखालाई तेस्रो आंखा भन्ने गर्छौं। यसमा जन्मदानै प्रष्ट देखिने छालाका दुईअांखा त छदै छन्, तर यी छालाका दुईअांखाको विचमा भित्र भागमा तेस्रो आंखा हुन्छ, (जो पछि मात्र हामिलाई थाहा लाग्न सक्छ), जस्लाई आजका वैग्ञानिकले समेत Third Eye – Pineal Gland हो भनेर किटान गेरको पाईन्छ। तेस्रो आंखाले छालाको आंखाले भन्दा विषिष्ट रुपमा संसारलाई देख्न र बिश्लेषण गर्न सक्छ, त्यसैले यसलाई ग्ञानको आखां पनि भनिन्छ।  अव ‘तेस्रो’ आंखा त्यो भए ‘पहिलो’ र ‘दोस्रो’ आंखा कुन हो त? भनेर अंकगणितिय दृष्ठिले हेरेम् भने हाम्रो हेराई-बुझाई गलत हुन जान्छ।

हिन्दु, बौध्द, जैन लगायतका पुर्वेलि धर्महरुमा “तृतिय-प्रकृति, स्त्री-प्रकृति र पुंश-प्रकृति”को मानिस भनेर परा पुर्व कालदेखि नै ऊल्लेख गेरको पाइन्छ। जसलाई हिजो आज चलन चल्तिको भाषामा तेस्रो लिङ्गि, महिला र पुरुष भन्ने गरिन्छ। सायद जन्मदानै दुई लिङ्गका हुने धेरैजसो मनिस (अर्थात महिला र पुरुष)का त जन्मदानै जैविक-लिङ्ग (वा यौन अंग) वाट थाहा भै हाल्छ नै, तर जन्मेको केहि वर्ष पछि मात्र थाहा हुने र ‘दुई’ वाहेकको थप प्रकृतिको व्यक्ति हुने भएर सायद तृतिय-प्रकृति (अर्थात तेस्रो लिङ्गि) भनिएको हुनु पर्छ।

अव फेरि “तेस्रो” शब्दलाई  अंकगणितिय दृष्ठिले हेरेर, तेस्रो लिङ्गि मानिस भेनको तेस्रो दर्जाका मानिस हुन, अनि पहिलो र दोेस्रो दर्जाको मानिस चै को हो त? भन्ने जस्ता कुरा गर्ने हो भने यस्ता कुराका पाछाडि  हाम्रो पुर्विय लैङ्गिक दर्शन” नबुझ्नु र  ‘पाश्चात्य लैङ्गिक दर्शनको प्रभाव हुनेगरेको पाइन्छ

यसरि यी पुर्विय र पाश्चात्य बुझाईको फरक हर्दा “ट्रान्स्जेन्डर” शव्दको ठ्याक्कै ऊल्था कुनै पनि पुर्वेलि भाषामा पाउन सकिन्न र छैन पनि।  त्यसैले “ट्रान्स्जेन्डर”को उल्था “तेस्रो लिङ्गि” भनेर गरिनु पनि गलत हुन जान्छ किनकि “तेस्रो लिङ्गि”ले आफूलाई ट्रान्जिसन (वा संक्रमण) वाट गुज्रेको अबस्था नभनि (वा नठानि)  महिला वा पुरुष भन्दा अलग अस्थित्व र पहिचानको ‘सत्यता’ हो भन्ने मान्यता राख्दछ; चाहे परिवार, समाज वा राज्यले अाफ्नो पहिचान आफू जन्मदा भलै देख्न (वा चिन्न) नसकेको नै किन नहोस्।

 (लेखक समलिंगी तेस्रोलिंगीको अधिकार प्राप्तिका अभियन्ता एवं विघठित संविधानसभाका पूर्व सभासद् हुनुहुन्छ )

(थप जानकारि: जनसंख्यालाई आधार मान्ने हो भने विश्वमा महिलाको संख्या सबै भन्दा वढि हुन्छ, त्यसपछि पुरुषको र त्यसपछि तेस्रो-लिङ्गिको संख्या रहेको पाइन्छ।)

 धन्यवाद।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading