जनताको अधिकार र बिश्वासमाथि किन खेलवाड ?

जनताको अधिकार र बिश्वासमाथि किन खेलवाड ?

सुरज थापा/पहिचान – २०७१ माघ ८ गते पनि संविधान बनाउन संलग्नहरुको लागि समाधि बनाउनु पर्छ जहाँ सविधानको नाममा होइन समाधिको नाममा यसरी नै सधैं लिन होस् अनि बल्ल सुहाउँछ । संविधान लेख्नको लागि गठन भएको संविधानसभामा एउटै घरको सबै परिवार अटाए, अटसमटस पनि भए, तर जो जससंग सरोकार, उसैको समावेशी भर्ना गराइएन । 

यहाँ हामी सबैले चाहेको नेपाल र नेपाली भनेर गर्ब गर्ने पहिचान मान्ने संबिधान हो । तर राजनीतिको नाममा खराब नीति प्रर्दशन गरी के कुरा प्रमाणित गर्न खोजेको हो ? सबै नेपाली जनता चकित छन् ।
बिभिन्न सञ्चारमाध्यममा पोष्ट भएको तस्वीरहरुमा हाम्रा संविधानसभा हलभित्र खुट्टा पसारेर लम्पसार परि सुतेर दिउँसै सपना देख्दै गरेको फोटो हेर्दा धिक्कार लाग्छ, हामी नेपाली जनता भनेको कत्रो आशा बोकेर संविधान घोषणाको दिन गन्दै बसेका छौं । के के न लेख्छु भनेर जानेहरु लेखन प्रक्रियामा पुगेर सबैले आ–आफ्नो दुनो सोझाए, अनि बाँकी रहेका अज्ञात बिषयलाई लिएर के लेख्ने भनेर सोध्ने गरे । हामीले भन्यौं, सम्पूर्ण नेपाल र नेपालीको हित हुने कुरा लेख । उनीहरुले छिमेकी राष्ट्रको कुरा सुने ।

हे अचम्म, कुरा उल्टो पो सुनेछ भनेर खोजीखोजी हेल्लो सरकार भनेर सम्बोधन गरी टिपोट गरी रिपोर्ट गयौं । पुनः नेपाल र नेपालीको पहिचान र हित हुने कुरा लेख भनेर । संगै हेल्लो सरकार भन्न महिला, पुरुष समलिङ्गी तेस्रोलिङ्गी, अपाङ्ता भएका, दृष्टिबिहीन, सुस्तश्रवण, स्वरोजगारी, बेरोजगारी सबैले कान फुट्ने गरी चिच्चाए, हेल्लो सरकार भनेर । कसैले इसाराले सम्बोधन गरे, कसैले सेतो छडीले सम्बोधन गरे, कसैले ह्वील चियरले, कसैले सारी चोलो लगाएर सम्बोधन गरे ।
हुँदाहुँदा जनता अर्धनग्न हुनबाट पनि चुकेनन् । तर पनि खै के खै के भनेजस्तै सायद सेतो छडीलाई तरबार देखे कि क्या हो ? सांकेतिक गर्नैलाई एफएम रेडियोको प्राबिधिक सम्झे कि क्या हो ? ह्वील चियर चढ्नेलाई यमराज देख्यो कि क्या हो ? साडी चोलो लाउनेलाई महाभारतको सिखण्डी देख्यो कि क्या हो ? अर्धनग्न हुनेलाई सलमान खान देख्यो कि क्या हो ? यत्रो जनताले संविधान लेखनको निर्माता निर्देशक बनाएर पठाएपछि एउटै कास्टिङमात्र देखाएर बस्ने ? हुँदाहुँदा पार्टीगत मनबुटाबलाई लिएर ३ करोडको हाराहारीमा रहेको नेपाली जनताको अधिकार र बिश्वासमाथि किन खेलवाड गरिरहेको छ ?
हामी सबैले चाहेको स्वाभिमान नेपाल र नेपालीको सिङ्गो पहिचान हो । हामी नेपालीले चाहेका छौं यस्तो संविधान जुन संविधान पहिलो सुरु नेपाल र नेपालीको मानबताको प्रत्याभूति गर्न पाओस्, आधारभूत आबश्यकता गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार आदी कुराहरुको परिपूर्ति होस् । शिक्षाको नाममा धैरै नेपाली बिदेशिएर उतै पलायन हुन बाध्य नपारियोस् । रोजगारका नाममा धेरै नेपालीको जुनकुनै मुलुकमा पुगेर यातना भोग्न नपरोस् । शारीरिक दुर्बलता, मानसिक दुर्बलता भएका ब्यक्तिहरुलाई बोझको रुपमा नहेरियोस् । भिन्न यौनिक पहिचान भएका यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायहरुलाई अन्य ग्रहको एलिएन नसोचियोस् ।
जहाँ जति जे भने पनि नेपाल र नेपालीको पहिचान र बाँच्ने शैलीलाई स्वस्थ र सभ्य बनाउन जोड दिइयोस् । केन्द्रमा ग्याँस र शहरमा पेट्रोलको अभाब हुँदामात्र आवाज बिस्फोट सुनुवाइको कुरा होइन, दुर्गम स्थान जहाँ कति नेपाली जनता अझै ओडारमै बसेका छन्, जसको चुलोमा तीन वटा दर्शन ढुङ्गा ठडायर एउटा कालो कराइले के ओइरन्छ भनेर पर्खिरहेको हुन्छ, त्यस किसिमको अबस्थालाई पनि मध्येनजर गरियोस् । अनिमात्र समाबेशी नेपाल र नेपालीको समनताको कुरा समाबेश हुन सक्छ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.