रेडियो बन्द हुदाँ समलिंगी तेस्रोलिंगीको हात खुट्टा भाचिएको जस्तो महसुस भयो : मोनिका शाही

रेडियो बन्द हुदाँ समलिंगी तेस्रोलिंगीको हात खुट्टा भाचिएको जस्तो महसुस भयो : मोनिका शाही

काठमाडौं /पहिचान – मेरो नाम मोनिका शाही । मेरो घर कैलाली टिकापुर । नील हिरा समाजले चलाउँदै आएको समलिंगी तेस्रोलिंगीको अधिकार प्राप्तिको अभियानमा साथै रहेर काम गरिरहेको छु । हामीले समलिंगी तेस्रोलिंगीको अधिकारबारे चेतनामुलक कार्यक्रम दिइरहेका छौ । अहिले पनि समलिंगी तेस्रोलिंगी माथि मानबअधिकार हननका घटना भइरहेका छन । अहिले हामीलाई दुख र बिडम्बना कहाँ छ भनेदेखि हामी नर्वेजियन परियोजनाले मानबअधिकार सम्बन्धि जिम्बेवारी दिएको थियो । हामी ढुक्क थियौ र हाम्रो अभियान पनि शुन्यबाट अघि बढदै थियो । र हामीले सोचेका थियौ, समलिंगी तेस्रोलिंगी माथी घटने जुन मानबअधिकार हननका घटना छन त्यसको अन्त्य गर्छौ भनेर । तर नर्वेजियन दुतावासले दिएको सहयोग अहिले सकियो । त्यसले गर्दा हाम्रो मनोबल घटेको छ ।
दातृ निकायले सहयोग नगर्दा धेरै समस्या उत्पन्न हुन्छ । हरेक क्षेत्रमा काम गर्दा पैसाको आबश्यक्ता हुन्छ । त्यसमा पनि दुर्गम क्षेत्रमा र नयाँ प्याकेजका कामहरु गर्दा धेरै दुख हुने गर्छ । त्यस्ता समस्याहरु समाधान गर्नका लागि पनि हामीलाई सहयोग आबश्यक हुन्छ । सहयोग भनेको हाम्रो लागि मनोबल बढाउने माध्यम जस्तो पनि हामीले मानेका छौ । त्यसले गर्दा म भन्छु, कि सहयोग हामीलाई आबश्यक छ । जुन देशले सहयोग गरेको छ, त्यो गर्न आबश्यक देखिन्छ । हाम्रा समलिंगी तेस्रोलिंगी साथीहरु अरुको मुख ताकेर भन्दा पनि आफु आफु बलियो भएर लाग्नुपर्छ । हामी कतिञ्जेल विदेशको इशारामा बस्ने सहयोग भयो भने अल्पसंख्यक समुदायको मुद्धालाई अगाडी बढाउने भन्नु भन्दा पनि आफु आफनो खुट्टामा उभिनुपर्छ र आफैले केहि गर्छौ भन्ने खालको सोच हामी सबै समलिंगी तेस्रोलिंगीहरुमा हुनुपर्छ जस्तो मलाई लाग्छ ।
यदि दातृ निकायले सहयोग गरेन भने कसरी अगाडि बढ्ने भन्ने त्यस्तो केहि योजना बनाएको छैन हामीले । र दातृ निकायको सहयोग हामीले पाएनौ भने हामी पक्कै पनि रोकिन्छौ । अहिले नै हामी रोकिएका छौ हाम्रा धेरै कामहरु पनि जिल्लामा रोकिरहेका छन । र हामीलाइ अझैपनि सहयोगको एकदम आबश्यतmा छ । सहयोग बिना हामी अगाडी बढन सक्ने अबस्था छैन र अहिले केहि दिनदेखि नै १४ वटा रेडियो स्टेशनबाट बजेको कार्यक्रम पहिचान नेपाली जनताले सुन्न पाएका थिए । अहिले रेडियो बन्द हुदाँ समलिंगी तेस्रोलिंगीको हात खुट्टा भाचिएको जस्तो महसुस गरेकाछौ । र हाम्रो मनोबल घटदै गइरहेको हामीले पाइरहेका छौ । त्यसको लागि नील हिरा समाजका अध्यक्ष पिंकी गुरुङ, कार्यबाहक निर्देशक मनिषा ढकाल लगायत केन्द्रमा भएका पदाधिकारीले चाडो भन्दा चाडो फण्डहरु जुटाएर कार्यक्रम पहिचान अगाडि लैजानुहुनेछ भन्ने बिश्वास पनि मलाई लागेको छ । कसरी त्यो बन्द रेडियोलाई खुलाएर कसरी मानबअधिकारका कार्यक्रमहरुलाई नेपाल सहित बिश्वभर फैलाउने भन्ने बिषयमा उहाँहरुले एकदमै जिम्बेवार भएर काम गर्न आबश्यक देखिन्छ ।

यो मोनिका शाहीले मात्रै भन्नु आबश्यक छैन । देशभरका नेपाली जनताले पहिचान कार्यक्रम असाध्यै राम्रो कार्यक्रम छ । कार्यक्रम पहिचानबाटै समलिंगी तेस्रोलिंगी भनेको के हो ? बुझन पनि थाल्यौ । सम्पुर्ण मानिसले समलिंगी तेस्रोलिंगी भनेर बुझनु भनेको हाम्रो समस्या समाधान हुनु हो । जब हामी समाजमा हाम्रो बिषयमा धेरै कुरा बुझनु र हामीलाई त्यो दुख र कष्टबाट पनि पन्छिनु होे । रेडियो भनेको यतिसम्म हुन्छ भन्ने हामी पहिचान गरौ । अर्को कुरा मानबअधिकारकर्मीहरुले गर्ने काम पहिचानले गर्ने काम जुन थियो यो जहासम्म मलाई लाग्छ नील हिरा समाज एल जि वि टि आई भित्रको महत्वपुर्ण मुटु भएर यसले काम गरेको थियो । रेडियोले यस्तो राम्रो काम गरेको थियो कि प्रचार प्रसार कुना काप्चामा भएका दाजु भाइ दिदि बहिनीहरुको कानमा पनि तेस्रोलिंगी भनेका यस्ता हुन भन्ने खालको सन्देशमुलक काम गरेर रेडियो कार्यक्रम पहिचानले जुन सन्देश पुर्याएको थियो त्यो त अहिले बन्द भयो । पहिचान रेडियो कार्यक्रम र मानबअधिकारको कार्यक्रम जुन बन्द भयो यसले एउटा व्यतिm भन्दा पनि सिंगो संस्थाका समलिंगी तेस्रोलिंगी र संस्थालाई धेरै ठुलो धक्का पुगेको पाएका छौ र यो कार्यक्रम हुदा जुन खालको सकारात्मक माहोल सोच बिचार थियो, त्यस्तो खालको सोच बिचार अहिले पाइएको छैन र हामी आग्रह गर्न चाहान्छौ चाडै भन्दा चाडै कुनै पनि संस्थाले यो मानबअधिकार र पहिचान कार्यक्रमलाई ढिला नगरी चाडो भन्दा चाडो यो रेडियो कार्यक्रम पहिचान निरन्तर प्रसारण भइरहोस भन्न चाहन्छौ ।
हाम्रा तीनओटा राष्ट्रिय मुद्धाहरु थिए नेपाल सरकारलाई सम्बोधन गरेको एउटा पहिचान सहितको नागरिकता पाउनुपर्छ भन्ने मुद्धा थियो भने एउटा समलिंगी बिवाहलाई मान्यता र अर्को पासपोट । यि तीनओटा मुद्धा हामीले नेपाल सरकारलाई सम्बोधन गरेका छौ । ति मध्ये अहिले लिन चाहनेले पहिचान अनुसार नागरिकता पाउन सकिएको छ भने पहिलेनै नागरिकता लिएकाले पहिचान अनुसार अन्य उल्लेख गरेर नागरिकता पाउने कानुनी लडाई जारी छ । बल्ल बल्ल समलिंगी विवाहबारेको प्रतिवेदन सरकारलाई बुझाइएको छ । कानुन बनिसकेको अबस्था छैन । अर्को पहिचान अनुसारकै राहदानी पाउने प्रक्रियामै छौ । हुन त महिले सुदुरपश्चिमबाट अन्य उल्लेख गरेर पहिलो नागरिकता लिएको दावी गर्छु । अहिले अन्य उल्लेख गरेर राहदानी लिने प्रक्रियामा छु । यसका लागि राहदानी विभागमा महिले सबै कागजपत्र बुझाइसकेको छु । नेपालमा अन्य उल्लेख गरेर पासर्पोट लिने तेस्रोलिंगीमा म पहिलो हुने प्रतिष्पर्धामा छु । यदि समलिंगी बिवाहलाई कानुनले मान्यता दिएमा म एउटा पुरुषसंग बिवाह गरेर नेपाली दाजुभाइ दिदि बहिनीहरुलाई सन्देश दिने खालको कार्यक्रम गरेर देखाउने इच्छा पनि तिब्र छ । त्यसैले चाडो भन्दा चाडो सरकारले समलिंगी बिवाहलाई कानुनी मान्यता दिओस भन्न चाहान्छु ।
म नेपाली नागरिक भएको नाताले र राज्यबाट पछाडि, समाजबाट पछाडि रहेको यौनिक लैंिगक तथा अल्पसंख्यक समुदाय र पहिचान भएको मानिस भएको कारणले समाज र राष्ट्रले हेर्ने फरक दृष्टिकोणमा परिवर्तन लयाउन र महिला पुरुषले मात्रै होइन समलिंगी तेस्रोलिंगीले पनि केहि गर्न सक्छन भनेर देखाउनका लागि मोनिकाले सगरमाथा आरोहण गर्ने आव्हान गरेको कुरा सत्य हो । यो मेरो व्यतिmगत कुरा नभएर राज्यसंग जोडिएको कुरा हो । हामी नील हिरा समाजसंग जोडिएको कुरा हुदा नील हिरा समाजको केन्द्रिय कार्यालयका टिम जादाँ सबै ठाउमा कुरा भएपनि नेपाल सरकारले त्यति चासो नदिएको पाइयो । कुरा चाहि पुग्यो । तर सरकारले यसलाई किन चासो दिएन भन्ने कुरामा हामीलाई चिन्ता लागेको छ । पुरुष महिला धेरै चढेका छन तर तेस्रोलिंगी विश्वबाटै आरोहण नगरेको हुदा नेपाल जस्तो गरिब मुलुकबाट मोनिका शाहीले सगरमाथाको चुचुरोमा नेपालको झण्डासँगै यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगीको झण्डा फहराउने भन्ने हिम्मत लिएर हिडेकी छु । यो मेरो हिम्मतमा अथवा मेरो साहसमा नेपाल सरकारले मेरो मनोबल बढाउनुपर्ने ठाउमा मेरो मनोबल घटाइ दिएको छ ।
यसमा व्यतिmगत मोनिकाको केहि कुरा जोडिएको छैन किन भन्दा मसंग दुइओटा कुराहरु हुन्छन एउटा नेपाल र अर्को नेपालको राष्ट्रिय झण्डा हुन्छ । अर्को समलिंगी तेस्रोलिंगीको झण्डा हुन्छ महत्वपुर्ण कुराहरु यहा छन । नेपालले मलाई भन्दा पनि म नेपाललाई बोकेर हिडदैछु । यसलाई नेपाल सरकारमा भएका मन्त्रिहरुले कसरी लिनुभएको छ ? यो कुरालाई गंम्भिर रुपमा लिनु पर्ने थियो । नेपाल सरकारले के बुझि दिनु पर्यो भन्दा यो नेपालसंग जोडिएको कुरा छ यो नेपालकोे लागि सौभाग्य र अबसरको कुरा हो । यदि यो अबसर गुमायो भने ? अरु देशमा पनि समलिंगी तेस्रोलिंगी छन । अरु देशबाट सगरमाथा चढे भने नेपाललाई पश्चाताप हुनेछ । म नेपाल सरकारलाई आग्रह गर्न चाहान्छु, यसलाई अझै बुझेर नेपालसंग जोडिएको कुरा राष्ट्रिय सवालका कुराहरु छन यसमा हामीले सकारात्मक रोल खेल्नुपर्छ । म सगरमाथा चढन सफल भए भने नेपालको नाम आउछ । त्यसैले नेपाललाइ माया गर्ने राष्ट्रवादी भावना भएका नेताहरुको सोचमा परिवर्तन आउन जरुरी छ । म सगरमाथा चढने पर्खाइमा बसेकी छु नेपाल सरकारले यो बिषयमा सोचि दियोस र मेरो लागि पर्यटन बोर्डमा लाग्ने धरौटी मिना होस । सरकारले सहज वातावरण ल्याइदियोस भन्ने आग्रह गर्न चाहान्छु ।
प्रस्तुती ः अम्बिका दाहाल

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading