निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

तेस्रोलिंगी साथी शिक्षकलाई कुटपीट गर्ने मोहिनीलाई हिरासतमै राखेर कारवाही गर्न माग

तेस्रोलिंगी साथी शिक्षकलाई कुटपीट गर्ने मोहिनीलाई हिरासतमै राखेर कारवाही गर्न माग

807
SHARES

काठमाडौं (पहिचान) चैत्र ७ – समलिंगी तेस्रोलिंगीले साथी शिक्षक अनिल शेर्पालाई कुटपीट गर्ने मोहिनी र रजन भनिने दिलिप राईलाई हिरासतमै राखेर कानुनी कारवाही गर्न माग गरेका छन् । मोहिनीको डेरा नजिकै एक होटलमा भेला भएका उनीहरुले नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङ सहित समाजको नेतृत्व तहले खुट्टा कमाउन नहुने वताए ।

प्रहरीले मोहिनीलाई तत्काल रिहा गरे आफूहरुको ज्यानकै सुरक्षा नहुने भन्दै समलिंगी तेस्रोलिंगीले भने, यता ठिक्क पार्ने र दिक्क पर्ने काम नहोस ।मोहिनीको त्रासले हिडडुल गर्न समेत कठिन थियो उनीहरुले भने, महानगरिय प्रहरी बृत्त दरवारमार्गको प्रहरी टोलीले पक्रेर कारवाही थालेकोमा खुशी भएका छौ । पीडित अनिल शेर्पाले पटक पटक कुटाई खाएर सहनुनै आफ्नो समूदायका सदस्यको गल्ती भएको वताए । मलाई मार्छु भनेको छ अनिलले भने, मलाई मोहिनीकै हातबाट मर्न लेखेको रहेछ भने उसकै घर अगाडि जान्छु मारोस ।

अनिल सहितका समलिंगी तेस्रोलिंगीले मोहिनीबाट लगातार आफूहरुले मानसिक, शारीरिक, पीडा मात्रै नभएर कुटपीट र सार्वजनिक दुरव्यवहार समेत व्यहोर्दै आएको गुनासो गरे । उनीहरुले भने, मोहिनी नामको डनका कारण आफूहरु असुरक्षित भइएको छ । तेस्रोलिंगी यौनकर्मीहरुलाई आफू डन हुँ भन्दै कुटपीट गर्ने मोहिनी अहिले प्रहरी हिरासतमा छन् । फेरी छुटेर आउँला र हामीलाई कुटपीट गर्ला उनीहरुले भने, आफूहरुको सुरक्षाको प्रत्यभूति नभएसम्म उसलाई रिहा नगर्न प्रहरीलाई अनुरोध गर्छौ ।

मोहिनीको आतंकले त्रासमा बसिरहनु परेको थियो, समलिंगी तेस्रोलिंगीले भने, नील हिरा समाजले अपराधीलाई कारवाही गराउन प्रहरी प्रशासनलाई सहयोग गर्नुपर्छ । समाजकी कार्यवाहक निर्देशक मनिषा ढकालले सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिने जानकारी दिइन् । ढकालले मोहिनी जस्ता व्यक्तिको डर, त्रासमा बसेर अधिकार प्राप्तिको अभियानलाई असर पर्न दिन नहुने र उसलाई कानुनी कारवाही हुनु पर्ने वताइन् । समाजकी अध्यक्ष पिंकी गुरुङले नील हिरा समाज अपराधीलाई संरक्षण दिने संस्था नभएको वताउँदै कानुनी शासन स्थापना गराउने अभियानमा आफ्नो समूदाय एक ढिक्का रहेको वताइन् ।

उनले कानुन उल्लघंन गर्ने अधिकार कसैलाई नभएको वताउँदै भनिन्, हामी समलिंगी तेस्रोलिंगीको अधिकार प्राप्तिको अभियानमा सबैको साथ सहयोगको खाचो छ । प्रहरी वृत्त दरवारमार्गका प्रहरी नायव निरीक्षक नेत्र रानाले डन प्रवृत्ति प्रदर्शन गर्ने जुन सुकै व्यक्तिलाई कानुनी कारवाही गराउन प्रहरी प्रशासन दृढ रहेको वताए । मोहिनीले प्रहरीकै अगाडि आफूले तेस्रोलिंगीलाई कुटपीट गरेको स्वीकार गरिसकेका छन् ।

समाचार शेयर गर्नुहोस्
807
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.