मोहिनीलाई कारबाहीका लागि प्रहरी प्रशासनलाई सहयोग गर्ने समाजको प्रतिबद्धता

मोहिनीलाई कारबाहीका लागि प्रहरी प्रशासनलाई सहयोग गर्ने समाजको प्रतिबद्धता

काठमाडौं (पहिचान) चैत्र ९ – यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगी समूदायको मातृ संस्था नील हिरा समाजले कानुन विपरित हुने जुनसुकै प्रकृतिका अपराधलाई प्रश्रय नदिने स्पष्ट पारेको छ । सन् २००१ देखि समलिंगी तेस्रोलिंगी समूदायको अधिकार प्राप्तिको अभियान सञ्चालन गर्दै आएको समाजले कसैको पनि अधिकार हनन् हुन नहुने वताएको छ ।

समाजकी कार्यबाहक निर्देशक मनिषा ढकालको हस्ताक्षरमा समाजले बिज्ञप्ती निकालेर यो समुदायको नाममा संस्थासँग आबद्ध नभएका ब्यक्तिले बिभिन्न समयमा दिदै आएको धम्कि र दुब्र्यबाहारप्रति खेद ब्यक्त गरेको छ । २०७१ साल चैत ६ गते तेस्रोलिंगी साथी शिक्षक अनिल शेर्पा माथि समुदायको हवला दिदै कुटपीट गर्ने मोहिनीका नामले चिनिने दिलिप राई पक्राउ पर्नु खुसीको कुरा भन्दै समाजले दिलिप राई आफ्नो संस्थामा आबद्ध नभएको स्पष्ट पारेको छ ।

मोहिनीले तीन वर्ष देखि ठमेल, लाजिम्पाट र रत्नपार्क क्षेत्रमा समलिंगी तेस्रोलिंगी कर्मचारी एवं सदस्यहरुलाई आफूले भनेको नमाने सार्वजनिक दुरव्यवहार गर्ने र ज्यानै मार्ने सम्मको धम्की दिदै आएको खुल्न आएको छ । समाजले निकालेको बिज्ञप्तीमा लेखिएको छ, समाज यस्ता दुरव्यवहार र ज्यानै मार्ने सम्मका धम्कीको प्रहरी प्रशासनको सहयोगमा निरुत्साहित पार्न चाहन्छ ।

पीडित अनिल शेर्पालाई कुटपीट गर्ने मोहिनीलाई कानुन बमोजिम कडा कारबाही गर्न समाजले माग समेत गरेको छ । समाजले राईलाई कारबाहीका लागि प्रहरी प्रशासनलाई आबश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ । तेस्रोलिंगीको नाममा अराजकता फैलाउने र धम्कि दिने जस्ता कार्य गर्ने मोहिनीलाई कारवाही गरेर समलिंगी तेस्रोलिंगीको अधिकार प्राप्तीको अभियानमा रहेको नील हिरा समाज र यसमा आबद्ध सबै समलिंगी तेस्रोलिंगीको सुरक्षाका लागि आबश्यक प्रवन्ध मिलाउन पनि समाजले माग गरेको छ ।

यस्तै नील हिरा समाज सहित समाजका काठमाडौं, भक्तपुर र ललितपुरमा रहेका शाखा कार्यालयले समलिंगी तेस्रोलिंगीलाई डन भन्दै ज्यानै मार्नेसम्मको धम्की दिने मोहिनीलाई कारवाही गर्न हस्ताक्षर अभियान शुरु गरेका छन् । नील हिरा समाज, क्रुजऐड काठमाडौं, परिचय समाज ललितपुर र हाम्रो समान पहुँच भक्तपुरले मोहिनीलाई कारवाही गरेर सम्पूर्ण समलिंगी तेस्रोलिंगीको जीवन रक्षाका लागि प्रमूख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउन हस्ताक्षर अभियान शुरु गरेका हुन् । तेस्रोलिंगी साथी शिक्षकहरु माथि आफू डन भएको भन्दै कुटपीट गर्ने मोहिनीलाई प्रहरीले सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्धा चलाइरहेको छ ।

यो पनि पढ्नुहोस :

तेस्रोलिंगी साथी शिक्षकलाई कुटपीट गर्ने मोहिनी पक्राउ

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.