निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

बिश्वमा “ओ” उल्लेख गरेर राहदानी वितरण गर्ने नेपाल पहिलो राष्ट्र हुने

बिश्वमा “ओ” उल्लेख गरेर राहदानी वितरण गर्ने नेपाल पहिलो राष्ट्र हुने

840
SHARES

काठमाडौं (पहिचान) चैत्र १० -नेपाल सरकारले समलिंगी तेस्रोलिंगीलाई लिंगको महलमा ओ उल्लेख गरेर राहदानी वितरण गर्ने भएको छ । नेपाल राजपत्रमा सूचना निकालेर सरकारले ओ अर्थात अन्य उल्लेख गरेर राहदानी वितरण गर्ने जानकारी दिएको हो ।
समलिंगी तेस्रोलिंगी समूदायको मातृ संस्था नील हिरा समाजले पहिचान अनुसार राहदानी पाउनु पर्ने माग गर्दै आएको थियो । कैलाली टिकापुरकी तेस्रोलिंगी मनोज शाही मोनिकाले अन्य उल्लेख गरेर राहदानी पाउन राजश्व बुझाइसकेकी छन् । मोनिकाले छिट्टै लिंगको महलमा ओ अर्थात अन्य उल्लेख भएको राहदानी पाउने राहदानी विभागका महानिर्देशक लोकबहादुर थापाले जानकारी दिए । अन्तराष्ट्रिय नागरिक उड्डयन प्राधिकरणले ओ या एक्स उल्लेख गरेर राहदानी वितरण गर्न सकिने व्यवस्था गरिसकेकाले तेस्रोलिंंगीलाई ओ नै उल्लेख गरेर राहदानी दिने निर्णय भएको उनले वताए ।
सफ्टवेयर र फर्मको डिजाइन भइरहेको छ महानिर्देशक थापाले भने, छिट्टै वितरण गर्ने तयारीमा छौ । राहदानी विभागले आफूलाई आउँदो बिहीबार दिउँसो २ बजे ओ अर्थात अन्य उल्लेख भएको राहदानी दिने वताएको तेस्रोलिंगी मोनिकाले वताइन् । परराष्ट्र मन्त्रालयले राहदानी नियमावली २०६७ को नियम २६ ले दिएको अधिकार प्रयोग गरेर लिंगको अन्तर्गत रहेको एम मेल, एफ फिमेल भन्ने शब्दहरु पछि ओ अर्दस भन्ने शब्दहरु राखी आबश्यक हेरफेर गरेको चैत्र ९ गते सोमबार प्रकाशित राजपत्रमा उल्लेख गरिएको छ । IMG_20150323_142447955 (1)
राहदानी लिन सबै प्रक्रिया पूरा गरिसकेकाले ओे अर्थात अन्य उल्लेख गरेर नेपालबाट पहिलो राहदानी लिने तेस्रोलिंगी मोनिका हुने राहदानी विभागका कर्मचारीले वताएका छन् । मोनिकाले लुकेर बसेका आफू जस्ता तेस्रोलिंगीको मनोवल उच्च बनाउन र भविष्यमा समलिंगी तेस्रोलिंगीले आफ्नो पहिचान अनुसार खुलेर स्वतन्त्र पूर्वक बाँच्न सक्ने वातावरण निर्माण गर्न ओ अर्थात अन्य उल्लेख भएको राहदानी लिन लागेको वताइन् । मोनिकाले पहिचान अनुसारको नागरिकता, राहदानी र समलिंगी बिबाहलाई मान्यता दिने कानुन निर्माण गर्न निरन्तर खवरदारी गर्दै आएका समलिंगी तेस्रोलिंगीको अधिकार प्राप्तिका अभियन्ता सुनिलवावु पन्तलाई आफूले कहिल्यै पनि भुल्न नसक्ने वताइन् ।
मोनिकाले आफूले पाउन लागेको ओ अर्थात अन्य उल्लेख भएको राहदानी नील हिरा समाजका संस्थापक समेत रहेका पूर्व सभासद् पन्तकै हातबाट सार्वजनिक गर्ने धोको रहेको वताइन् । यसको श्रेय सुनिलवावु पन्तलाई जान्छ मोनिकाले भनिन्, हामीलाई खुलेर आफ्नो पहिचान सहितको अधिकार पाउनु पर्छ भन्न सक्ने गराइदिनु भएकोमा पन्तलाई धन्यवाद छ । परराष्ट्र मन्त्रालयबाट नेपाल राजपत्रमा सूचना प्रकाशित गर्न मोनिका आफै अग्रसर भएर मुद्रण विभागसम्म पुगेकी थिइन् । मोनिकाले समूदायको अधिकार प्राप्तिको अभियानमा सधै दृढ भएर लाग्ने र विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहरण गरेर तेस्रोलिंगीको नयाँ इतिहास रच्ने हिम्मत आफूसँग भएको दावी गरिन् । बिश्वमा ओ अर्थात अन्य उल्लेख गरेर राहदानी वितरण गर्ने नेपाल पहिलो हुने अधिवक्ता सुजन पन्तले वताए । अष्ट्रेलिया र न्यूजिल्याण्डले भने समलिंगी तेस्रोलिंगीलाई एक्स उल्लेख गरेर राहदानी वितरण गरिरहेका छन् । सरकारको यो निर्णयले देशभरका समलिंगी तेस्रोलिंगी खुशी भएको नील हिरा समाजका मुख्य कार्यक्रम संयोजक परसुराम राईले वताए ।

यो पनि पढ्नुहोस

रेडियो बन्द हुदाँ समलिंगी तेस्रोलिंगीको हात खुट्टा भाचिएको जस्तो महसुस भयो : मोनिका शाही

समाचार शेयर गर्नुहोस्
840
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.