आफूलाई डन भन्दै कुटपीट गर्ने मोहिनीलाई कारवाही गर्न हस्ताक्षर संकलन

आफूलाई डन भन्दै कुटपीट गर्ने मोहिनीलाई कारवाही गर्न हस्ताक्षर संकलन

678
SHARES

भक्तपुर (पहिचान) चैत्र ११ -आफूलाई डन भन्दै तेस्रोलिंगी समूदायलाई धम्की, दुरव्यवहार र कुटपीट गरेको उजुरीका आधारमा पक्राउ परेका मोहिनी भनिने दिलिप राईलाई कारवाही गर्न हस्ताक्षर संकलन भइरहेको छ ।

समलिंगी तेस्रोलिंगी समूदायको मातृ संस्था नील हिरा समाजको शाखा कार्यालय हाम्रो समान पहुँचले मोहिनीलाई कानुनी कारवाही गरेर समूदायका सदस्यको शान्ति सुरक्षा कायम गर्न माग गर्दै हस्ताक्षर संकलन गरेको हो ।

ज्योती थापा, श्याम श्रेष्ठ, पूर्णचन्द्र पौडेल, मनोज बस्नेत, सानुभाई कार्की, भवानी लामिछाने लगायतले हस्ताक्षर गरेर कानुनी शासन कायम गर्न र गराउन माग गरेका छन् । तेस्रोलिंगी साथी शिक्षक अनिल शेर्पालाई कुटपीट गरेको उजुरी पछि तेस्रोलिंगी डनको रुपमा चिनिएका मोहिनीलाई महानगरिय प्रहरी वृत्त दरवारमार्गका प्रहरी नायव निरीक्षक नेत्र रानाको नेतृत्वमा खटिएको प्रहरी टोलीले काठमाडौं लाजिम्पाटको काउलेबारीबाट पक्रेको थियो ।

मोहिनीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुमतिमा हिरासतमा राखिएको छ ।

समाचार शेयर गर्नुहोस्
678
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.