काठमाडौं (पहिचान) चैत्र १५ -तेस्रोलिंगी साथी शिक्षकमाथि कुटपीट गर्ने मोहिनीका नामले चिनिने दिलिप राईलाई रिहा नगर्न समलिंगी तेस्रोलिंगीले माग गरेका छन् । महानगरिय प्रहरी बृत्त दरवारमार्ग पुगेर उनीहरुले अनिल शेर्पा मोहिनीको कुटाई खाने प्रतिनिधि पात्र मात्रै भएको भन्दै रिहा गरे मोहिनीले कसैलाई पनि नछोड्ने गुनासो गरे ।
उसलाई हिरासतमै राखेर कारवाही गर्नुपर्छ समलिंगी तेस्रोलिंगीले भने, मोहिनीले दिदै आएको धम्कीका कारण केही साथीहरु डेरा सर्न थालेका छन् । आफूलाई तेस्रोलिंगीको डन भनेर सार्वजनिक दुरव्यवहार गर्दै ज्यानै मार्ने सम्मको धम्की दिदै आएका मोहिनीलाई सार्वजनिक अपराध ऐन अनुसार थुनामा राखेर अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ । मोहिनीले चैत ६ गते तेस्रोलिंगी साथी शिक्षक अनिल शेर्पालाई कुटपीट गरेको उजुरी पछि प्रहरीले उनलाई पक्रेको हो ।
प्रहरी समक्ष समलिंगी तेस्रोलिंगी अधिकारकर्मी सिर्जु थापा, संजय तामाङ, बिश्वराज अधिकारी लगायतले मोहिनीको धम्कीबाट अब नडराउने वताए । पीडित अनिल शेर्पाले आफूलाई कुटपीट गर्ने मोहिनीलाई कानुन अनुसार कारवाही हुनु पर्ने वताए ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.