हिरासतमा रहेका मोहिनीको त्रास र आतंक कायम

हिरासतमा रहेका मोहिनीको त्रास र आतंक कायम

काठमाडौं (पहिचान) चैत्र १७ -समलिंगी तेस्रोलिंगीहरुले आफूहरुमाथि शोषण गर्ने विरुद्ध कानुनको सहायतामा प्रतिकार गर्ने वताएका छन् । समलिंगी तेस्रोलिंगीहरु माथि अन्याय अत्याचार गर्दै आएका मोहिनी भनेर चिनिएका दिलिप राई नसुध्रिएसम्म उनलाई रिहा नगर्न जिल्ला प्रशासन कार्यालयलाई हस्ताक्षर सहित अनुरोध गरेको समलिंगी तेस्रोलिंगीले वताए ।

उनीहरुले अन्याय सहेर नबस्ने प्रतिवद्धता समेत जनाए । घर, परिवार, समाज र राज्यबाट अन्यायमा परेका हामी समलिंगी तेस्रोलिंगी अव कसैको अन्याय सहेर बस्दैनौ उनीहरुले भने, सम्झाउँदा बुझाउँदा नसुध्रिए पछि मोहिनीलाई प्रहरीको जिम्मा लगाएका हौ । अहिले पनि धेरै समलिंगी तेस्रोलिंगीलाई डनको रुपमा चिनिएका मोहिनीको त्रास र आतंक कायम रहेको भन्दै उनीहरुले प्रहरी हिरासतमा बस्दा पनि नसुध्रिए मोहिनी विरुद्ध थप कानुनी कारवाहीको पहल गर्ने वताए । कमी कमजोरी सबैको हुने भन्दै उनीहरुले पटक पटक गल्ती गर्नेलाई कसैले पनि छुट दिन नहुने वताए ।IMG_20150330_121227936

मोहिनीले बुद्धलाई कुटेका थिए, त्यसको लगत्तै रत्नपार्कमा लुगा च्यातेर नाङ्गै बनाएका थिए एक जना तेस्रोलिंगी महिलाले भनिन्, मोहिनीको कुटाई नखाने कोही छैन तर कोही पनि अगाडि सरेर बोल्दैनन् । समलिंगी तेस्रोलिंगीले मोहिनी रिहा भएपछि बाहिरी मान्छे लगाएर कुट्ने र अपहरण गर्न लगाउने शंका समेत व्यक्त गरे । उनीहरुले आफ्नो समूदायका सबै सदस्यको जीवन रक्षा गर्न प्रहरी प्रशासन समक्ष माग गरे । समलिंगी तेस्रोलिंगी समूदायको मातृ संस्था नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले अन्याय बिरुद्ध निरन्तर सघर्षमा रहने वताइन् । घर, परिवार, समाज र राज्यसँग अधिकार प्राप्तिका लागि लडाई लडिरहेका छौ अध्यक्ष गुरुङले भनिन, भिजिलान्तेसँग डराएर अभियान तुहाउने षडयन्त्र विरुद्ध हामी एकजुट भएर प्रतिकार गर्छौ ।

समाजले कुनै पनि दमन, अन्याय, अत्याचार र हिंसा नसहने र यस विरुद्ध कानुनी लडाई लडिरहने वताएको छ । समलिंगी तेस्रोलिंगी समूदायका साथीहरुबीच आफूलाई डन हुँ भन्दै ज्यानै मार्नेसम्मको धम्की दिने मोहिनीका नामले चिनिने दिलिप राईका कारण समूदायका सदस्य आतंकित हुनु परेको यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगीले गुनासो गरे ।

मोहिनीले चोरीको घटना आएमा कमिसन खाएर मिलाउने गरेको, सडकमा हिडडुल गर्न समेत मोहिनीको स्वीकृती लिनु पर्ने, मोवाइल लगायतका कुनै पनि समान खरिद गर्दा मोहिनीलाई अनिवार्य बिल देखाउनु पर्ने, काम गरेर कमाएको सम्पत्तीको कमिसन बुझाउनु पर्ने, चोरी नियण्त्रण गर्ने नाममा हाम्रो डेरामै आएर मानसिक यातना दिदै मलाई डिएसपीले भनेर आएको भन्दै नदिए कुटपीट गर्ने र ज्यानै मार्ने सम्मको धम्की दिने मोहिनीलाई प्रहरीले पक्रेर हिरासतमा राखेपछि केही राहत महसुस गरेको उनीहरुको भनाई छ ।

उनीहरुले जिल्ला प्रशासन कार्यालय काठमाडौं, राष्ट्रिय मानअधिकार आयोग, नेपाल प्रहरीको मानवअधिकार सेल, महानगरिय प्रहरी परिसर हनुमानढोका र नील हिरा समाजमा बुझाएको पत्रमा आफ्नै समूदायको साथी भनेर पटक पटक निजको हर्कतलाई नजरअन्दाज गर्दै आएपनि हाल आएर उसको हर्कतले पराकाष्टा नाघेको ठहर गरेर सुरक्षा माग्दै हामी यहाँ समक्ष आइ पुगेका छौ भनेर लेखिएको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.