भुकम्पको त्रासमा रहेका तेस्रोलिंगीमाथि घरधनीको मनपरी

भुकम्पको त्रासमा रहेका तेस्रोलिंगीमाथि घरधनीको मनपरी

काठमाडौं (पहिचान) जेठ १९ -लाजिम्पाटमा बस्दै आएका तेस्रोलिंगीलाई घरवेटीले कोठाा ताल्चा लगाएर निकालेका छन् । बाबुकाजी नाम गरेका घरधनीले कोठाभाडा दिन ढिला गरेको भन्दै निकालेपछि तेस्रोलिंगीले प्रहरी प्रशासनको सहयोग मागेका छन् । बैशाख १२ गतेको भुकम्प पछि घभाडा दोब्बर बनाएका लाजिम्पाटका बाबुकाजीले तेस्रोलिंगीलाई कोठाबाट निकालेर ताल्चा लगाइदिएका हुन् ।

गृहमन्त्रालयले भुकम्प पछि घरभाडा नबढाउन र बस्दै आएको कोठाबाट निकाले कारवाही गर्ने भनिसकेको छ । तर बाबुकाजी नाम गरेका घरधनीले यस विपरित तेस्रोलिंगीलाई घरबाट निकालेका पीडित तेस्रोलिंगीले गुनासो गरे । तेस्रोलिंगीको उजुरी पछि दरवारमार्गबाट प्रहरी टोली खटिएको महानगरिय प्रहरी वृत्त दरवारमार्गका डिएसपी रमेश बस्नेतले पहिचान अनलाइनलाई जानकारी दिए । प्रहरी पुगेपछि पनि घरधनीले तेस्रोलिंगीलाई अपशब्द बोल्दै लछारपछार गरेको तेस्रोलिंगी अधिकारकर्मी मुस्कान केसीले वताइन ।

प्रहरीकै अगाडि घरधनी र घरधनीका छोराहरुले हाम्रा साथीहरु माथि हातपात गरे अधिकारकर्मी केसीले भनिन्, अब हामी को सँग सुरक्षा माग्न जाने ? घरधनीको कुटपीटबाट तेस्रोलिंगी पहिनी घाईते भएकी छन् । तेस्रोलिंगी माथि घरधनीको अत्याचार रहेछ बिबाद मिलाउन पुगेको प्रहरीले टोलीको भनाई उद्धृत गर्दै एक जना तेस्रोलिंगीले भने, भुकम्पको त्रासमा रहेका हामीलाई घरभाडा दोब्बर बनाएर हामी माथि शोषण गर्ने घरधनीलाई तत्काल कारवाही गरियोस ।

बाबुकाजी सहित उनीसँगै दाजु भाईको घरमा कोठा भाडामा लिएर बस्ने तेस्रोलिंगीलाई घरधनीले भुकम्प पछि चार हजार रुपैयाँ तिर्दै आएकोमा ८ हजार रुपैयाँसम्म असुल गरिरहेका थिए । तेस्रोलिंगी अधिकारकर्मी मुस्कान केसीले घरधनीले प्रहरीकै अगाडि साथीहरुलाई कुटपीट गरेर रुवावासी चल्दा समेत मिलापत्र गरौ भनेको वताइन । घरधनीसँग कोठाको साँचो मागेर मिलापत्र गर्नुहोस भन्दा हामीले असुरक्षित हुने देखेर साँचो लिएनौ केसीले भनिन्, प्रहरीकै अगाडि लछारपछार पार्नेले प्रहरी गएपछि ज्यान नै खतरामा पर्ने हो कि भनेर त्यहाँ बसेनौ । अहिले राती घरधनीलाई केही गर्न नसक्ने भन्दै प्रहरी फर्केको र आफूहरु पनि अरु साथीको डेरामा आएर बसेको केसीले जानकारी दिइन ।

समलिंगी तेस्रोलिंगी समूदायको मातृ संस्था नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले भुकम्पले त्रसित भएका तेस्रोलिंगीलाई घरधनीले अन्याय गर्नु खेदजनक रहेको वताइन । सदियौ देखि अन्ययामा पर्दै आएका तेस्रोलिंगीमाथि घरधनीले गरेको विभेद र दुरव्यवहार बिरुद्ध मौन बस्न नसकिने अध्यक्ष गुरुङको भनाई छ । पीडित समलिंगी तेस्रोलिंगी राज्यसँग न्याय माग्न जानुको बिकल्प नरहेको उनले वताइन । घरधनीले कोठाबाट निकालेका समलिंगी तेस्रोलिंगीले भोली जेठ २० गते बुधबार कानुनी उपचार खोज्ने वताएका छन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.