निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

‘हामीमाथीको विभेद कहिलेसम्म ?’

‘हामीमाथीको विभेद कहिलेसम्म ?’

879
SHARES

रुपन्देही (पहिचान) असार १२ – यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका ब्यक्तिहरुले समाजमा अझैपनि लाञ्छाना र विभेद कायम रहेको बताएका छन् । पहिचानका सवालमा परिवार तथा समाजमा विभेदको जालो जकेडिएको उल्लेख गर्दै उनीहरुले सम्मान पुर्वक बाच्ने अधिकारलाई राज्यलेनै कुण्ठित पारेको आरोप लगाए ।

भरोसा समाजको आयोजना तथा बुटवल उपमहानगरपालिकाको सहयोगमा बुटवलमा शुक्रबार गरिएको योनिक तथा लैङ्गिक अल्पसंख्यक सम्वन्धि अन्र्तक्रिया कार्यक्रममा सहभागि समलिङ्गि तथा तेस्रो लिङ्गीहरुले आफ्नो समुदायका लागि उचित कानुनको ब्यवस्था नहुँदा विभिन्न खाले झण्झट सहनु परेको गुनासो गरेका छन् ।

कार्यक्रममा नील हिरा समाजकी पश्चिमाञ्चल क्षेत्रीय संयोजक मनिला न्यौपानेले तेस्रो लिङ्गी तथा समलिङ्गी प्रति समाजमा गरिने ब्यवहार विभेदपुर्ण भएको विचार राख्दै अरु मानव सरह तेस्रो लिङ्गी समलिङ्गीहरुलाई रोजगार, आरक्षण, शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षाको ग्यारेन्टी गरिनु पर्ने बताईन् ।

भरोसा समाजका दया सागर को अध्यक्षतामा भएको कार्यक्रममा नील हिरा समाजका आनिक राना, मानव अधिकार परियोजनाका विनोद विक, बुटवल उपमहानगरपालिकाका कार्यक्रम अधिकृत भरत काउचा, नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव रुद्रहरी कुँवर, तेस्रो लिङ्गि आनिक राना लगायतले आआफ्ना विचार राखेका थिए । बुटवल उपमहानगरपालिका भित्र एक हजार दुईसयबढी र रुपन्देही जिल्लामा सात हजारदेखि नौ हजारसम्म योनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका ब्यक्ति रहेको अनुमान गरिएको छ ।

स्रोत : www.lumbinitimes.com/news/948774/#sthash.fJQ9plab.XqUxA1oA.dpuf

समाचार शेयर गर्नुहोस्
879
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.