निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

स्वतन्त्र पूर्वक सडकमा हिडडुल गर्न पाउने अधिकार हनन नगर्न आग्रह

स्वतन्त्र पूर्वक सडकमा हिडडुल गर्न पाउने अधिकार हनन नगर्न आग्रह

860
SHARES

काठमाडौं (पहिचान) असार १३ – दुई दिनमा ८ जना तेस्रोलिंगी यौनकर्मी पक्राउ परेका छन् । काठमाडौंको बीर अस्पताल र भोटाहिटी क्षेत्रबाट गएको बिहिवार ३ जना र शुक्रबार ५ जना गरी ८ जना तेस्रोलिंगी यौनकर्मी पक्राउ परेका हुन् । अस्वभाविक अवस्थामा बाटोमा विपरितलिंगी महिला यौनकर्मीसँगै भेटिएका तेस्रोलिंगी यौनकर्मीलाई पक्राउ गरिएको महानगरिय प्रहरी प्रभाव जनसेवाका प्रहरी नायव उपरीक्षक बिनोद घिमिरेले जानकारी दिए ।

भोटाहिटी र बीर अस्पताल क्षेत्रलाई स्वच्छ बनाउने अभियान अन्तर्गत हिजो शनिवार भने कोही पनि पक्राउ नपरेको घिमिरेले वताए । उनले तेस्रोलिंगी भन्दा पनि विपरितलिंगी महिला यौनकर्मी धेरै पक्राउ पर्ने गरेको वताए । ३ जना तेस्रोलिंगी पक्राउ पर्दा २० जना विपरितलिंगी महिला यौनकर्मी पक्राउ पर्ने गरेको घिमिरेको भनाई छ । पहिलो पटक पक्राउ पर्नेलाई सम्झाई बुझाई रिहा गरे पनि दोहोरिएर पक्राउ परे सार्वजनिक अपराध ऐन अन्तर्गत कारवाही गर्ने घिमिरेले वताए ।

तेस्रोलिंगी यौनकर्मीले प्रहरी समक्ष आफूहरु घरबाट निकालिनु परेको गुनासो गर्दै यौन पेशा अंगाल्नु बाध्यता भएको वयान दिएका छन् । तेस्रोलिंगीले बाध्यता छ भन्छन् डिएसपी घिमिरेले भने, के कस्तो बाध्यता रहेछ हामी अनुशन्धान गर्दैछौ । समलिंगी तेस्रोलिंगी समूदायको मातृ संस्था नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले तेस्रोलिंगीलाई बाटोमा हिडिरहेको अबस्थामा पक्राउ गर्नु मानवअधिकार विपरितको काम भएको वताइन । तेस्रोलिंगीलाई सडकमा ल्याउने राज्य यस प्रति जिम्मेवार बन्नु पर्ने अध्यक्ष गुरुङको भनाई छ । उनले अरुलाई असर नपर्ने गरी स्वतन्त्र पूर्वक सडकमा हिडडुल गर्न पाउने अधिकार कसैले खोस्न नहुने वताइन ।

समाचार शेयर गर्नुहोस्
860
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.