बाँके (पहिचान) असार २४ – समलिंगी तेस्रोलिंगीले नयाँ संबिधानमा यौनिक तथा लैगिंक अल्पसंख्यकसँगै समलिंगी तेस्रोलिंगी पनि लेखिनु पर्ने माग गरेका छन् । नील हिरा समाजको दिवा परियोजनाले नेपालगंजमा गरेको अन्तरक्रियामा सहभागी समलिंगी तेस्रोलिंगीले लैगिंक शब्दको परिभाषामा आफूहरु पर्ने नपर्ने अन्यौल रहेको भन्दै समलिंगी तेस्रोलिंगीनै लेख्नु पर्ने माग गरेका हुन् । बर्दियाकी तेस्रोलिंगी सपना चौधरीले लैगिंक शब्दले महिला र पुरुष मात्रै भनेर परिभाषा हुने गरेकाले समलिंगी तेस्रोलिंगी शब्द नयाँ संबिधानमा लेखिनु पर्ने वताइन ।
संविधानको मस्यौदा र यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायको अधिकार बिषयक अन्तरक्रियामा सहभागी दाङकी तेस्रोलिंगी शिल्पा चौधरीले संबिधानमा यौन अल्पसंख्यक या समलिंगी तेस्रोलिंगीनै लेख्नु पर्ने माग गरिन । बाँके, दाङ, बर्दिया र सुर्खेतबाट सहभागी समलिंगी तेस्रोलिंगीले मस्यौदा संबिधानमा छुटेका बिषय लेखाउन दवाव दिने वताए । सभासद् आउँदा आफ्ना कुरा राख्छौ समलिंगी तेस्रोलिंगीले भने, हामीहरु माथि हुँदै आएको बिभेद अन्त्यका लागि संबिधानमा अधिकार लेख्नै पर्छ ।
मस्यौदा संबिधानमा अघिल्लो संबिधानसभामा सहमति भएका बिषय लेखिएको हो । अघिल्लो संबिधानसभामा समलिंगी तेस्रोलिंगीको तर्फबाट नील हिरा समाजका संस्थापक सुनिलबाबु पन्तले प्रतिनिधित्व गरेका थिए । पन्तको पहलमा नागरिकता, मौलिक हक र समानताको हकमा यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायको अधिकार लेखिएको अधिवक्ता प्रेमबहादुर थापाले वताए । अघिल्लो संबिधानसभामा पन्तको प्रतिनिधित्वले मस्यौदा संबिधानमा समलिंगी तेस्रोलिंगीको अधिकार लेखिएको वताउँदै अधिवक्ता थापाले थप अधिकार लेखाउन दवाव आवश्यक रहेको वताए । अधिवक्ता थापाले जनमत संकलनका लागि मस्यौदा संबिधान लिएर आउने सभासद्को टोली समक्ष आफ्नो अधिकार लेखाउन माग गर्न समलिंगी तेस्रोलिंगीलाई सुझाव पनि दिए ।
अन्तरक्रिया कार्यक्रममा अधिबक्ता थापाले यौनिक तथा लैगिंक अल्पसंख्यक भन्नाले समलिंगी तेस्रोलिंगीलाई जनाउने र यो मुल कानुन भएकाले अरु कानुनमा समलिंगी तेस्रोलिंगी भनेर ब्याख्या हुने प्रष्ट पारे । अहिलेसम्मका कानुनले समलिंगी तेस्रोलिंगीलाई चिन्दैनथ्यो अधिवक्ता थापाले भने, सुनिलबाबु पन्तको पहलमा पहिलो पटक नयाँ संबिधानले समलिंगी तेस्रोलिंगीलाई पहिचान गराउनु खुशीको कुरा हो । कार्यक्रममा बाँकेका समलिंगी तेस्रोलिंगीले केही समय अघि मात्रै बाँकेको ११ गाविसमा ३ सय २ जना तेस्रोलिंगीको पहिचान भएको जानकारी गराएका थिए ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.