संबिधान सुझाव संकलन फारम प्रति तेस्रोलिंगीको आपत्ती

संबिधान सुझाव संकलन फारम प्रति तेस्रोलिंगीको आपत्ती

बर्दिया (पहिचान) असार २९ – यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायका सदस्यले संबिधान मस्यौदाको सुझाव संकलन फारममा महिला र पुरुष मात्रै राखिएकोमा आपत्ती जनाएका छन् । जिल्ला प्रशासन कार्यालय बर्दियामा संविधानको पहिलो मस्यौदा माथी भएको सार्वजनिक सुनुवाईमा सहभागी यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगीले महिला पुरुष मात्रै राखिएकोमा आपत्ती जनाएका हुन् ।
समलिंगी तेस्रोलिंगी समूदायको मातृ संस्था नील हिरा समाजको शाखा कार्यालय सुन्दर संसारकी अध्यक्ष सपना चौधरी सहितका तेस्रोलिंगीले सुझाव संकलन गर्ने फारममा आपत्ती जनाएपछि तत्कालै तेस्रोलिंगी थपिएको अध्यक्ष चौधरीले जनाकारी दिइन । सार्वजनिक सुनुवाईमा सहभागी तेस्रोलिंगीले समानताको हक, स्वतन्त्रताको हक, सामाजिक न्याय सम्वन्धी हक, मौलिक हक अन्र्तगत महिला र दलित हक जस्तै यौनिक तथा लैंगिक अल्पसख्यकहरुको हक हुनु पर्ने माग गरेका छन् ।
यस्तै बिभिन्न आयोगहरुमा यो समुदायका सदस्यलाई समावेश गर्नु पर्ने वा यौनिक तथा लैगिक अल्पसंख्यक भनेर छुट्टै आयोग गठन हुनु पर्ने माग समेत गरेका छन् । यो समूदायका सदस्यलाई विभिन्न आरक्षण कोटा छट्ट¥याउनु पर्ने र विवाह सम्वन्धीको हकमा महिला पुरुष जस्तै समलिंगी विवाहलाई मान्यता दिनु पर्ने माग सहभागी तेस्रोलिंगीले गरेका छन् । समलिंगी विवाहलाई मान्यता नदिए एचआइभीको संक्रमण न्यूनिकरण नहुने उनीहरुको भनाई थियो । सुन्दर संसारबाट अध्यक्ष चौधरी सहित काजल चौधरी, लक्ष्मी चौधरी, सनम चौधरी र शिला चौधरीको सहभागिता थियो ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.