समलिंगी तेस्रोलिंगीको अधिकार लेखिए नेपालको संबिधान बिश्वको पाँचौ हुने

समलिंगी तेस्रोलिंगीको अधिकार लेखिए नेपालको संबिधान बिश्वको पाँचौ हुने

काठमाडौं (पहिचान) साउन ५ – नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायको अधिकार लेखिए नेपालको नयाँ संबिधान बिश्वको पाँचौ संबिधान हुने वताएकी छन् । अध्यक्ष गुरुङले अहिलेसम्म बिश्वका ४ वटा देशको संबिधानमा मात्रै यो समूदायको अधिकार लेखिएको जानकारी दिदै नेपालको संबिधान पाँचौ हुने वताइन । बिश्वमा यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगीको अधिकार लेखिएको संबिधान जारी गर्ने दक्षिण अफ्रिका पहिलो देश हो । यस्तै पोर्चुगल, इक्वेडर र बोलिभियाको संबिधानमा पनि यो समूदायको अधिकार लेखिएको छ ।

IMG_20150721_082719453संबिधान सभा नागरिक सम्वन्ध तथा सुझाव समितिले काठमाडौंको बसुन्धारामा गरेको सुझाव संकलन कार्यक्रममा अध्यक्ष गुरुङले अहिलेको मस्यौदा संबिधानमा लेखिएको अधिकार हटाउन नहुने वताइन । उनले मौलिक हकमा यौनिक तथा लैगिंक अल्पसंख्यक सम्वन्धी छुट्टै हकको व्यवस्था गर्न माग गरिन । कानुन मन्त्री नरहरी आचार्य उपस्थित सुझाव संकलन कार्यक्रममा अध्यक्ष गुरुङले भनिन्, बिश्वको नमूना संबिधान बन्नु पर्छ र यसमा यौनिक तथा लैगिंक अल्पसंख्यक म जस्ता तेस्रोलिंगी समूदायको अधिकार स्पष्ट लेखिनु पर्छ ।

उनले राज्यको नीति निर्माण तहमा अनिर्वाय प्रतिनिधित्वको व्यवस्था गर्न, सीप मुलक र विकास निर्माणका काममा सहभागिता गराउन समलिंगी तेस्रोलिंगी मैत्री संबिधान बन्नु पर्ने वताइन । अध्यक्ष गुरुङले संबिधान मस्यौदामा उल्लेख समावेशी आयोगमा यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायको प्रतिनिधित्व हुनु पर्ने माग पनि गरिन् ।

यस्तै रुपन्देहीको बुटवलमा भएको सुझाव संकलन कार्यक्रममा तेस्रोलिंगी आनिक रानाले आफ्नो समूदायका सदस्यले स्वतन्त्र पूर्वक हिडडुल गर्न पाउनु पर्ने अधिकार लेखिनुपर्ने वताइन । उनले महिला, दलित, आदिवासी जनजाति, अल्पसंख्यकलाई जस्तै यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायका सदस्यलाई पनि आरक्षणको व्यवस्था हुनु पर्ने माग गरिन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.