अरुका कुरा नसुन्न यौनिक अल्पसंख्यकलाई सभाध्यक्ष नेम्वाङको सुझाव

अरुका कुरा नसुन्न यौनिक अल्पसंख्यकलाई सभाध्यक्ष नेम्वाङको सुझाव

काठमाडौं (पहिचान) साउन ७ – संबिधान सभाका अध्यक्ष सुवाषचन्द्र नेम्वाङले यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायको सुझाव राजनीतिक संवाद तथा सहमति समितिमा पठाउने वताएका छन् । समलिंगी तेस्रोलिंगी समूदायको मातृ संस्था नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालको नेतृत्वको टोलीसँगको भेटमा सभाध्यक्ष नेम्वाङले यो समूदायको माग राजनीतिक संवाद तथा सहमति समितिमा पठाउने वताएका हुन् । सभासध्यक्ष नेम्वाङले अरुको कुरा नसुन्न र आफ्नो माग राख्न सुझाव पनि दिए ।

नेम्वाङसँगको भेटमा कार्यकारी निर्देशक ढकालले मौलिक अन्तर्गतको समानताको हक अन्तर्गत रहेको यौनिक अल्पसंख्यकसँगै लैगिंक पहिचान उल्लेख गर्न माग गरिन् । ढकालले महिला, दलित, बालबालिकाको जस्तै यौनिक तथा लैगिंक अल्पसंख्यकको छुट्टै हकको व्यवस्था गर्नुपर्ने, समावेशी आयोगमा अल्पसंख्यक मात्रै नलेखि यौनिक तथा लैगिंक अल्पसंख्यक पनि उल्लेख गर्नु पर्ने वताइन । अल्पसंख्यक मात्रै लेख्दा गरिवी निवारण कोषले तपाईहरु अल्पसंख्यकको परिभाषा भित्र पर्नु हुन्न भनेर सहयोग दिएन कार्यकारी निर्देशक ढकालले सभासध्यक्ष नेम्वाङसँग भनिन्, समावेशी आयोगमा यौनिक तथा लैगिंक अल्पसंख्यक उल्लेख गराइदिनुहोस् । image-321b521dc661d9e106d9c814b9ce60e9e32c86523f59575cfc7214a5e74c2210-V

ढकालले नेपाल बार एसोसिएसनले समानताको हकको धारा २३ मा रहेको यौनिक अभिमुखीकरण शब्द हटाउन दिएको सुझावबारे चासो राख्दा सभाध्यक्ष नेम्वाङले कस कसले के के भन्छन त्यसमा नलाग्न र आफ्ना कुरा राख्न सुझाव दिए । सभासध्यक्ष नेम्वाङसँगको भेटमा नील हिरा समाजको दिवा परियोजनाका उपनिर्देशक संजय शर्मा, तेस्रोलिंगी अधिकारकर्मी भूमिका श्रेष्ठ, यौनिक तथा लैगिंक अल्पसंख्यकहरुको महासंघ नेपालकी कार्यक्रम संयोजक सिमरेन सेरचन, समलिंगी अधिकारकर्मी विश्वराज अधिकारी लगायतको सहभागिता थियो ।

यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायले यसअघि राजनीतिक संवाद तथा सहमति समितिका सभापति डाक्टर बाबुराम भट्टराईसँग भेटगरी संबिधानको मस्यौदामा लेखिएको आफ्नो समूदायको अधिकार नहटाउन र थप अधिकार लेख्न लिखित र मौखिक सुझाव दिएका थिए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.