निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

बंगलादेशमा समलिंगी तेस्रोलिंगी कानुनी रुपमै असुरक्षित

बंगलादेशमा समलिंगी तेस्रोलिंगी कानुनी रुपमै असुरक्षित

671
SHARES

काठमाडौं, (पहिचान) १४ साउन – बंगलादेशमा समलिंगी तेस्रोलिंगी समुदायको अधिकार कानुनी रुपमा सुरक्षित नभएको त्यहाँका पत्रकारहरुले वताएका छन् । नेपालका समलिंगी तेस्रोलिंगीको अधिकार र अवस्थाबारे बुझ्न नेपाल आएको बंगलादेशी पत्रकारहरुको टोलीले बंगलादेशको सरकारले यौनिक तथा लैगिंक अल्पसंख्यकको अधिकारका लागि कुनै पनि कानुन निर्माण नगरेको बताए ।
यद्यपी यौनिक तथा लैगिंक अल्पसंख्यकको अधिकार कानुनमै सुरक्षित भने गर्ने आश्वासन सरकारले दिने गरेको उनीहरुले जानकारी दिए । “सरकारले गर्ने–गर्ने–गर्ने भन्छ”,बंगलादेशी पत्रकारहरुको टोलीका एक सदस्यले भने, “तर, यति लामो समय वितिसक्यो कहिल्यै कानुनी रुपमा अधिकार सुनिश्चत गर्ने काम भने भएन ।”
सरकारले केही सहयोग भने गर्ने गरेको उनीहरुको भनाई छ । “विभिन्न संघ संस्थाहरुले पनि सहयोग गर्छन, तर संविधानमै अधिकार लेखाउने सवालमा भने कसैले पनि पहल गर्दैन । यो बंगलादेशका समलिंगी तथा तेस्रोलिंगीहरुलाई समस्या बनेको छ ।” लाखौंको संख्यामा रहेका समलिंगी तेस्रोलिंगीलाई बंगलादेशको सरकारले उपेक्षा गरेको पत्रकारहरुको भनाई छ । राजनीतिक दलहरुले पनि खासै वास्था नगर्ने गरेको पत्रकारहरुले बताए ।
“नेपालले समलिंगी तेस्रोलिंगीको अधिकारका क्षेत्रमा धेरै प्रगति गरिसकेको छ । बंगलादेशमा भने अधिकारै नपाएको अवस्था छ । अब नेपाल र बंगलादेशले सहकार्य गरेर काम गर्नु पर्छ ।” नेपालबाट बंगलादेशले सिक्नु पर्ने धेरै रहेको भन्दै पत्रकारहरुले बंगलादेशमा समलिंगी तेस्रोलिंगीको अधिकार स्थापित गर्न नेपाल र बंगलादेशले सहकार्य गरेर अघि बढ्नु पर्नेमा जोड दिए । उनीहरुले बंगलादेशमा समलिंगी तेस्रोलिंगी समाजिक, आर्थिक रुपमा असुरक्षित रहेको बताए ।

समाचार शेयर गर्नुहोस्
671
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.