निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

यौनिक तथा लैगिंक अल्पसंख्यकलाई बिशेष व्यवस्था गर्न एनेकपा माओवादीको सुझाव

यौनिक तथा लैगिंक अल्पसंख्यकलाई बिशेष व्यवस्था गर्न एनेकपा माओवादीको सुझाव

782
SHARES

काठमाडौं (पहिचान) साउन १७ – एकिकृत नेकपा माओवादीले संविधानको मस्यौदामा यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायलाई सम्मान पूर्वकक जीवन यापन गर्न पाउने अधिकार सुनिश्चित गर्न विशेष व्यवस्था गर्नु पर्ने सुझाव दिएको छ । संबिधानको मस्यौदामा लिखित सुझाव दिदै माओवादीले यो समूदायलाई मर्यादा र सम्मान पूर्वक जीवनयापन गर्न पाउने अधिकार सुनिश्चित गर्न विशेष व्यवस्था गर्नुपर्ने सुझाव दिइएको नेता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।

अल्पसंख्यक समूदायलाई आफ्नो पहिचान कायम राखी सामाजिक र सास्कृतिक अधिकार प्रयोगको लागि विशेष अवसर तथा लाभ प्राप्त गर्ने हकको व्यवस्था हुनुपर्ने सुझाव एकिकृत नेकपा माओवादीको छ । नेता प्रकाशले यौनिक तथा लैगिंक अल्पसंख्यकलाई समावेशी सिद्धान्तको आधारमा मुलुकको राज्यसंरचना तथा सार्वजनिक सेवामा सहभागी गराउँदै जाने व्यवस्था नयाँ संविधानमा गर्न सुझाव दिइएको वताए ।

यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायको अधिकार मस्यौदा संविधानमा केही छुटेकाले थप गर्न सुझाव दिइएको उनले वताए । एकीकृत नेकपा माओवादी यो समूदायले अधिकार पाउनु पर्ने पक्षमा छ नेता प्रकाशले पहिचान अनलाईनसँग कुरा गर्दै भने, मस्यौदा संविधानमा छुटेका अधिकार थप गर्नुपर्ने पार्टीको सुझाव छ ।

समाचार शेयर गर्नुहोस्
782
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.