निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

समलिंगी तेस्रोलिंगीबारे मैले नै संविधान सभालाई बुझाएको हुँ : नेम्वाङ

समलिंगी तेस्रोलिंगीबारे मैले नै संविधान सभालाई बुझाएको हुँ : नेम्वाङ

952
SHARES

काठमाडौं (पहिचान) साउन २० “विश्वभर अहिले यो विषयमा छलफल तथा बहस चलिरहेको सन्दर्भमा यसलाई रोक्नु पर्छ नै भन्ने छैन,” संविधानसभा सदस्य अहिन्द्र सुन्दर नेम्वाङले समलिंगी विवाहका विषयमा भने,“एक पटक पाउने जीवनमा आफुले इच्छाएको ब्यक्ति सँग जीवन बिताउनु पाउनु पर्छ । यसलाई संविधानले ब्यबस्थित गर्नु पर्छ । यो मौलिक अधिकार पनि हो ।”
संविधानको मस्यौदामा यौनिक अभिमुखिकरणको आधारमा विभेद गर्न पाइने छैन भन्ने विषयमा संविधानसभामा कुरा उठेको प्रसंगमा नेम्वाङले भने, “संविधानसभामा यो यौनिक अभिमुखिकरण भन्ने कस्तो शब्द आयो भन्दै सभासदहरुले भने, यसमा हामीले यस्तो हो भनेर बुझाउने प्रयास गर्यौ ।” उनले अगाडी थपे,“यौनिक अभिमुखिकरण भन्ने शब्द त राखियो । थाहा छैन यसले उहाँहरुका कति माग समेटिन्छन् ।” उनले संविधानसभाका सदस्यहरुलाई आफैले समलिंगी तेस्रोलिंगीका विषयमा बुझाएको बताए ।
“सुरुका दिनमा लोकलाजले समलिंगी तेस्रोलिंगीका विषयमा कुरा नै गरिदैन थियो । अहिले यो विषयमा खुलेर कुरा गर्न थालिएको छ । राज्यले संबोधन गरेर लोकसेवा, जङ्गी, प्रहरीलगायत सबै क्षेत्रमा संबोधन गरे विभेदको अन्त्य हुने नेम्वाङले वताए ।”
“संविधानसभामा यो समुदायको प्रतिनिधित्व भएको भए राम्रो हुने थियो,” नेम्वाङले भने, “विशेषगरी ठूला दलहरुले यस विषयमा सोच्नु पर्ने थियो । एक जनालाई प्रतिनिधित्व गराइदिएको भए राजनीतिक रुपमा पनि सम्बोधन हुने थियो ।” उनले समलिंगी तेस्रोलिंगीलाई नागरिकता र राहदानी वितरणमा पनि सहजता कायम गर्नु पर्नेमा जोड दिए । नेकपा मालेका नेता समेत रहेका नेम्वाङले समाजलाई असर नपुग्नेगरी यौनिक तथा लैगिक अल्पसंख्यकलाई अधिकार दिन राज्यले कन्जुस्याँइ गर्न नहुने बताए

समाचार शेयर गर्नुहोस्
952
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.