निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

यौन अभिमुखिकरणका आधारमा विभेद हुँदैन : खड्का

यौन अभिमुखिकरणका आधारमा विभेद हुँदैन : खड्का

691
SHARES

काठमाडौं (पहिचान) भदौ २ – अखण्ड नेपाल राष्ट्रिय पार्टीका अध्यक्ष तथा सभासद कुमार खड्काले समलिंगी विवाहका बारेमा व्यापक बहस आवश्यक रहेको बताएका छन् । यौनिक तथा लैंगिक अल्पसंख्यकको आवाज रेडियो कार्यक्रम पहिचानसँग कुरा गर्दै खड्काले संविधानसभाले यौनिक तथा लैगिंक अल्पसंख्यकका अधिकार सुनिश्चित गरेको भन्दै समलिंगी विवाहका लागि राष्ट्रियस्तरका बहसको आवश्यकता रहको बताए । सर्बोच्च अदालतको निर्देशनात्मक आदेश पछि सरकारले गठन गरेको सात सदस्यीय समितिले समलिंगी विवाहलाई मान्यता दिनु पर्ने सुझाव सहितको प्रतिवेदन बुझाइसकेको छ ।

प्रतिवेदन महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयमा थन्किएर बसिरहेको छ । ‘समलिंगी तेस्रोलिंगीले पहिचान सहितको नागरिकता, पासपोर्ट प्राप्त गर्नु र यौन अभिमुखीकरणका आधारमा विभेद नहुने कुरा सुनिश्चित हुनु सामान्य कुरा होइन’ सभासद् खड्काले भने, ‘कुनैपनि समुह समुदायले एकैपटक सबैकुरा सुनिश्चित गर्छु भनेर लाग्यो भने प्राप्त अधिकार पनि गुम्ने खतरा हुन्छ ।’ संविधानसभाको संरचन र सामाजिक रुपले पनि समलिंगी विवाह स्वीकार गरिनसकेको भन्दै सम्बन्धित समुदायले त्यसलाई वहसमा लैजानुपर्ने उनले बताए ।

उनले क्रान्तिबाट मात्र एकैपटक सबै अधिकार सुनिश्चित हुने भन्दै अन्य अधिकार माग्दा तहगत रुपमा मात्र प्राप्त हुने बताए । सभासद् खड्काले संविधान जारी हुने अन्तिम चरणमा पुगेको भन्दै संविधान जारी भएसँगै समलिंगी तेस्रोलिंगीका अधिकार सुनिश्चित हुने बताए ।

समाचार शेयर गर्नुहोस्
691
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.