निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

यौनिक अल्पसंख्यकका अधिकार खोसिएको छैन : गुरुङ

यौनिक अल्पसंख्यकका अधिकार खोसिएको छैन : गुरुङ

508
SHARES

काठमाडौं (पहिचान) भदौ १७ – नेपाली काग्रेसकी केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य सीता गुरुङले यौनिक तथा लैंगिक अल्पसंख्यकले प्राप्त गरेका अधिकार संविधान सभाले नखोसेको बताएकी छन् । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अवाज रेडियो कार्यक्रम ‘पहिचान’सँग कुरा गर्दै गुरुङले समलिंगी तेस्रोलिंगीले प्राप्त गरेका सबै अधिकार सुरक्षित रहेको दाबी गरिन् ।
“संविधानको मस्यौदामा रहेको यौन अभिमुखिकरण भन्ने शब्द नियतबश हटाइएको होइन,” सभासद गुरुङले भनिन्, “हामीले अभिमुखिकरण भन्ने शब्दको अर्थ चेतना जगाउने अथवा सचेतनाका लागि गोष्टि, सेमिनार आयोजना गरेर बुझाउने भन्ने लगाएर तालिम दिने जस्तो सामान्य कुरा संविधानमै राख्नु हुँदैन भनेर हटाएका हौं ।”
“यौन झुकाव भन्ने अर्थ हो भन्ने बुझेको भए यो शब्द सायद हट्ने थिएन” गुरुङले भनिन्, “सबैले अधिकार पाउनु पर्छ भन्नेमा संविधान सभा दृढ छ । कसैको अधिकार कटौती गर्दैन ।” संविधानको विधेयकबाट यौन अल्पसंख्यकका सबै कुरा अटि नसकेको भन्दै उनले विशेष शारीरिक अवस्था भन्ने शब्द हामीले समलिंगी तेस्रोलिंगीलाई लक्षित गर्दै राखेको जानकारी दिइन् । उनले भनिन्,“विशेष शारीरिक अवस्था भन्ने शब्द समलिंगी तेस्रोलिंगीलाई संबोधन गर्छ भनेर राखिएको हो । यसमा मस्यौदा समितिमा पर्याप्त छलफल भएको छ । अब यसैका आधारमा ऐन कानुन निर्माण गर्न सकिन्छ ।
“हामीले समुदायको पहिचान खुलाउने मात्र नभएर शारिरिक बनावटका आधारमा समेत विभेद नगर्नेकुरा स्पष्ट पारेका छौं,” उनले भनिन्, “अपांग भनेर छुट्टै संबोधन गरिसकेकाले शारीरिक बनावटले पनि यही समुदायलाई नैं प्रतिनिधित्व गर्छ ।’
उनले धर्मपुत्र÷पुत्रीका ठाउँमा धर्मसन्तान राख्नु पर्छ भनेर विधेयकमा शंसोधन प्रस्ताव आँफैले दर्ता गरेको भन्दै आँफु सँधै यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायको अधिकार प्राप्तिमा सँगै रहेको स्पष्ट पारिन् ।

समाचार शेयर गर्नुहोस्
508
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.