निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

“अधिकारबाट कसैलाई पनि बञ्चित गरिनु हुदैन”

“अधिकारबाट कसैलाई पनि बञ्चित गरिनु हुदैन”

716
SHARES

काठमाडौं (पहिचान) भदौ २१ – नेपाली कांग्रेसका सभासद विक्रम खनालले कुनैपनि नागरिकलाई अधिकारबाट बञ्चित गरिन नहुने बताएका छन् । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको आवाज रेडियो कार्यक्रम ‘पहिचान’सँग कुरा गर्दै सभासद खनालले यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायले अधिकार विहिन भएर बस्नु नपर्ने बताए । ‘संविधानमा यौनिक तथा लैंगिक अल्पसंख्यक भनेर संबोधन भइसकेको छ’ खनालले भने, ‘अन्य उल्लेख गरेर नागरिकता समेत वितरण भइसकेको छ, एउटा नागरिकले प्राप्त गर्ने सबै अधिकार उहाँहरुले पनि प्राप्त गर्नुहुन्छ ।’

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको लैगिकताको पहिचान र अधिकारसँग जोडिएको यौनिक अभिमुखीकरण भन्ने शब्द हटाएका विषयमा खनालले त्यो यौनिक तथा लैंगिक अल्पसंख्यक भन्ने शब्दले नसमेटेमा कानुनमा संबोधन गर्न सकिने बताए । उनले यो समुदायका विषयमा आफ्नो पार्टीभित्र बहस चलाउने पनि प्रतिबद्धता व्यक्त गरे ।
संविधान सुनिश्चित भएमात्र सबै समुदायका अधिकार सुनिश्चित हुने भन्दै नेताहरुले सहमतिमा अडिक नभइदिदा विभिन्न आन्दोलनलाई सहयोग पुगेको खनालले बताए । ‘१६ बँदे सहमतिले आठ प्रदेशमा सहमति गरेको थियो, तर पछि उहाँहरुले नैं त्यो सहमति उल्टाउनुभयो’ उनले भने, ‘त्यही कारण सुरु भएका आन्दोलनले अहिले उग्ररुप धारण गर्दै छन् ।’ उनले सकेसम्म सबै समुदायका अधिकार सुनिश्चित गरेर अघि जाँदा फेरी अधिकारका लागि लड्नु नपर्ने भएपनि अहिले संबोधन हुन नसकेका अधिकार पनि समय र आवश्यकता अनुरुप संविधानमा समेट्दै जानुपर्ने बताए ।

समाचार शेयर गर्नुहोस्
716
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.