भुकम्प पीडितलाई राहत वितरण, विपद्को सामना गर्न पूर्व तयारी

भुकम्प पीडितलाई राहत वितरण, विपद्को सामना गर्न पूर्व तयारी

काठमाडौं (पहिचान) भदौ २४ – वैशाख १२ गतेको भूकम्प र त्यसको परकम्पबाट ज्यान गुमाएका परिवारका सदस्य तथा घरबार बिहिन भएकाहरुलाई नील हिरा समाजले राहत वितरण गरेको छ । विभिन्न दातृ निकायको सहयोगमा संकलित रकम समाजले एक कार्यक्रम आयोजना गरि वितरण गरेको हो । भूकम्पबाट ज्यान गुमाउनेका परिवारलाई एक लाखका दरले र घरबार बिहिन हुनेहरुलाई १५ हजारका दरले राहत वितरण गरिएको नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले जानकारी दिइन ।
भूकम्पमा परी ज्यान गुमाउनेमा नील हिरा समाजमा कार्यरत कर्मचारी ज्योति प्रकाश मल्लको परिवारलाई एक लाख, समाजमा कार्यरत पत्रकार माधब दुलालका बुबा बितेकाले उनलाई एक लाख र तेस्रोलिंगी कुमारी भुजेलले भूकम्पमा ज्यान गुमाएकाले उनको परिवारलाई एक लाख दिइएको ढकालले बताइन् । समाजले घरबार बिहिन हुने नील हिरा समाजमा कार्यरत कर्मचारी तथा समलिंगी तेस्रोलिंगी ५० जनालाई १५ हजारका दरले राहत वितरण गरेको समाजकी अध्यक्ष पिंकी गुरुगंले जानकारी दिइन् । IMG_20150910_120107108
राहत रकम वितरण गर्दै काठमाडौं जिल्लाका स्थानीय विकास अधिकारी तीर्थराज भट्टराईले गैरसरकारी संस्थाले पनि आफ्नै पहलमा भूकम्प पीडितलाई राहत वितरण गर्नु सराहनीय कदम भएको बताए । उनले राज्यले मात्रै सबै काम गर्न नसक्ने भन्दै समाजले जस्तै अन्य गैरसरकारी संघसंस्थाले पनि राहत संकलन तथा वितरण गर्नु पर्नेमा जोड दिए । उनले नील हिरा समाजलाई विपदको समयमा समलिंगी तेस्रोलिंगी सँगै अन्य समुदायका व्यक्तिलाई पनि आँफ्नो लक्षित समुदायका रुपमा राखेर काम गनृ सके अझै राम्रो हुने सुझाव दिए । भट्टराईले गैरसरकारी संस्थाले चाहेमा प्रभावकारी काम गर्न सक्ने भन्दै काम भने पारदर्शी रुपमा गर्नु पर्ने बताए ।
यस्तै स्थानीय विकास कार्यालय काठमाडौंका सामाजिक विकास अधिकारी दीपक केसीले गैरसरकारी संस्थाको रुपमा रहेको नील हिरा समाजले आफ्नै पहलमा राहत वितरण गरेकोमा खुसी ब्यक्त गर्दै पारदर्शीतामा जोड दिए । समाजले जस्तै अन्य संस्थाले पनि पारदर्शी भएर काम गर्नु पर्ने उनको भनाई छ । गैरसरकारी संस्थाले आआफ्नो ठाँउबाट काम गर्न सके राज्यका सरकारी निकायलाई ठूलो सहयोग पुग्ने बताए ।
IMG_20150910_120036507समाजकी अध्यक्ष गुरुङले सरकारले समलिंगी तेस्रोलिंगी मैत्री वातावरण बनाउदै जानु पर्नेमा जोड दिइन् । उनले राज्यका हरेक निकाय यौनिक तथा लैगिक अल्पसंख्यका लागि खुला हुनु पर्ने बताउदै सरकारले निकट भविश्यमा गर्न लागेको पुनिर्माणका संरचना पनि समलिंगी तेस्रोलिंगी मैत्री हुनु पर्नेमा जोड दिइन् । समाजकी निर्देशक ढकालले आगामी दिनमा कुनै पनि विपद आइपरे त्यसको सामना कसरी गर्ने भन्नेबारे आँफुहरुले यो भूकम्पबाट सिकेको भन्दै यस्ता विपद्को सामना गर्न समाजले तयारी गरिरहेको जानकारी दिइन् । समाजको दिवा परियोजनाका सहायक कार्यक्रम निर्देशक संजय शर्माले आफूहरुले विपदका बेला आफ्नो समूदाय मात्रै नभनेर अरु व्यक्तिको उद्धार तथा पुनस्र्थापनामा खटिएको वताए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.