निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

संविधानले समलिंगी तेस्रोलिंगीलाई अधिकार प्रदान गर्छ : बिडारी

संविधानले समलिंगी तेस्रोलिंगीलाई अधिकार प्रदान गर्छ : बिडारी

489
SHARES

काठमाडौं (पहिचान) भदौ २६ – एकीकृत नेकपा माओवादीका तर्फबाट संविधानसभा सदस्य रामनारायण बिडारीले समलिंगी तेस्रोलिंगीका अधिकार अब बन्ने नयाँ संविधानमा लेखिनु पर्ने बताएका छन् । संविधानमा अधिकार नलेखिए कानुनमा समेत हक अधिकार खोज्न नपाइने भएकाले संविधानले अधिकार सुनिश्चत गर्नु पर्ने बिडारीको भनाई छ । “संविधान भन्दा अघि बढेर कानुन बनाउन नमिल्ने भएकाले समलिंगी तेस्रोलिंगीका अधिकार संविधानमा लेखिनु पर्छ,” उनले भने,“त्यसो हुन सके मात्र कानुनमा अधिकार लेख्न सकिन्छ ।”
संविधानको परिमार्जित विधेयकबाट यौनिक अभिमुखिकरण शब्द हट्नुको कारण विशेष समिति रहेको बिडारीले बताए । विधेयकमा अहिले पनि रहेको यौनिक तथा लैगिक अल्पसंख्यक भन्ने शब्द अधिकारका लागि पर्याप्त रहेको समितिले निष्कर्ष निकाल्दै यौन अभिमुखिकरण भन्ने शब्दावली हटाएको उनको भनाई छ ।
“यो विषयमा समितिमा पर्याप्त छलफल भएको छ,” बिडारीले भने, “यौनिक अभिमुखिकरण भन्ने शब्द हटे पनि यौनिक तथा लैगिक अल्पसंख्यक भन्ने शब्द छ र यसका आधारमा समलिंगी तेस्रोलिंगीले खोजेको अधिकार दिन सकिन्छ भन्ने निष्कर्षमा समिति पुगेर त्यो शब्द हटेको हो ।”
आफ्नो अधिकारबारे अझै बढी कुरा उठाउन सुझाव दिदै सभासद् बिडारीले संविधान संशोधन गर्दा समेट्न सकिने विश्वास ब्यक्त गरे । अहिले जारी हुने नयाँ संविधानले सबैका सबै माग संबोधन गर्न नसक्ने भन्दै उनले संविधानलाई संशोधन गर्दै जाँदा छुटेका र नसमेटिएका विषयलाई राख्न सकिने बताए । अहिलेको संविधान जारी भएपछि त्यसको घोर बिरोध आँफैले गर्ने भन्दै उनले तर अहिलेको अवस्थामा एक थान संविधान जसरी पनि जारी गर्नुपर्ने मान्यतामा आँफु रहेको स्पष्ट पारे ।

समाचार शेयर गर्नुहोस्
489
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.