यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगीलाई घर, परिवार समाज र राज्यले समान व्यवहार गरेको छैन । यो समूदायका सदस्यले महिला पुरुष सरह समान अधिकार पाउँ भन्दै विगत १५ बर्ष देखि संगठित दवाव दिदै आएका छन् । उनीहरु अधिकार मात्रै मागिरहेका छैनन्, उनीहरुले नेपाली धर्म, संस्कृती, कला मार्फत आफूमा रहेका प्रतिभा पनि समय समयमा प्रस्तुत गर्दै आएका छन् ।
रुपन्देही (पहिचान) भदौ २७ बुटवलमा भएको पाँचौ तेस्रोलिंगी सुन्दरी प्रतियोगिताको उपाधी बाराकी रोशनी थापा मगरले जितेकी छन् । रोशनीले ७ जना प्रतियोगिलाई पछि पार्दै तेस्रोलिंगी तीज कन्टेस्ट सुन्दरी प्रतियोगिताको उपाधी जितेकी हुन ।
प्रतियोगितामा कञ्चनपुरकी अनिसा शर्मा फस्ट रनरअफ र टिकापुरकी नैना सिंह सेकेण्ड सनर अफ बनेकी छन् । यस्तै बेस्ट लुक्समा धनगढिकी निमा चौधरी र बेष्ट क्याटवर्कमा डिलासिंह चौधरी चुनिएकी छन् । यस्तै सोही अवसरमा तीज गितमा दर्शकका लागि राखिएको नृत्य प्रतियोगितामा आशा अधिकारी प्रथम, धनमाया राना द्वितीय र सहिना थापा तृतिय भएकी छन् ।
भरोसा समाजका अध्यक्ष दया सागर सारुको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका बरिष्ठ अधिकृत दामोदर ज्ञवाली, नेपाल पत्रकार महासंघका सचिव रुद्रहरी कुवँर, एएचएफका संयोजक धर्मराज भट्टराई, नेपाल ब्युटिसियन संघका अध्यक्ष रेनु कर्माचार्य, महिला अधिकारकर्मी रिमा बिसि, भरोसा समाजका कोषाध्यक्ष रेशम न्यौपाने लगायतले तेस्रोलिंगीलाई समाजले हेर्ने दृष्टिकोण फरक भएकाले समान रुपले हेर्न आग्रह गरे । सौन्दर्य कला ब्यवसायी संघकी पश्चिामाञ्चल उपाध्यक्ष मिना प्रधान, एएचएफका संयोजक धर्मराज भट्टराई, मलिना न्यौपानेले निर्णायकको भूमिका निभाएको कार्यक्रमको संचालन तेस्रोलिंगी आनिक रानाले गरेकी थिईन् ।
साभार ः http://www.lumbinitimes.com/news/95889395/
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.