नेपाली नेताहरुको अकर्मण्यताले जनतालाई दुःख मात्र दिएको छ : पूर्व सभासद् पन्त

नेपाली नेताहरुको अकर्मण्यताले जनतालाई दुःख मात्र दिएको छ : पूर्व सभासद् पन्त

काठमाडौं (पहिचान) असोज ५ – पूर्व सभासद् सुनिलबाबु पन्तले मधेशी थारु समूदायसँग वार्ता गरेर समस्या समाधान गर्न सरकारलाई सुझाव दिएका छन् । यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायको अधिकार प्राप्तिका अभियन्ता समेत रहेका पन्तले समस्याको समाधान वार्ता बाहेक अरु नरोज्न समेत सुझाव दिएका छन् । समस्या अब बढ्न दिनु हुँदैन पन्तले भने, वार्ताबाटै समाधान निकाल्नु पर्छ । पहिलो संबिधान सभाका सदस्य पन्तले निरन्तर शक्तिमात्र प्रयोग गरेर समस्या थप बल्झिने वताए । जनताको सहि माग कुनै पनि शक्तिले दवाएर दविदैन हामीले भोगिसकेका छौ पन्तले भने, केहि माग जायज छन, जुन पुरा हुनु पर्छ ।

उनले ’अव्यवहारिक’ राष्ट्रियताको नारा लगाएर वा विदेशीलाई गालिमात्र गरेर समग्र देशलाई केही उपलव्धी नहुने वताए । आफ्नो स्वार्थ अनुसार भारतलाई कहिले गालि गर्ने कहिले भारत सामू लम्पसार पर्ने नेपाली नेताहरुको अकर्मण्यताले जनतालाई दुःख मात्र दिएको छ पन्तले भने, अव त भारत आफै पनि आजित भैसकेको हुनु पर्ने हो हाम्रा यस्ता नेतहरु देखेर । आफ्ना देशका नागरिकलाई अधिकारदिन कञ्जुस्याइ गरेर भारतमाथि दोष थुपार्नु र भारतलार्ई गालिमात्र गरेर आफ्नो जिम्मेवारीवाट पन्छन खोज्नुमा हाम्रा नेताहरुको हिनता वोध झल्किन्छ भन्दै पन्तले यसले नेपालमा जन्मिएर भारतको भुमिमा ज्ञान प्राप्त गर्नु भएका बुद्धको समेत अपमान हुने वताए ।

एक अर्कामा गालिगलौज गर्दा बुद्धको अपमान हुने भन्दै पन्तले संर्किण भाव नराख्न सबैलाई सुझाव समेत दिए । विदेशीलाई गालि गरेर छिटो प्रचारवाजी त हुन्छ तर समग्र देशलाई केही उपलब्धी हुँदैन पन्तले भने, समाधान ढिलो हुँदा आन्दोलनकारी माझ हिंसाको घुसपैठ पनि हुँदै गएको छ, जुन निकै घातक हुन सक्छ । मधेशी र थारु समूदायको आन्दोलन चलिरहेको तथा सामाजिक संजाल मार्फत व्याक अफ इन्डिया अभियान चलिरहेका वेला इमेल मार्फत पन्तको यो अभिव्यक्ति आएको हो ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.