मोदीको अन्तिम अभिव्यक्ति पर्खदै उपाध्याय “संबिधानमा तेस्रोलिंगीको अधिकार लेखिनु राम्रो पक्ष”

मोदीको अन्तिम अभिव्यक्ति पर्खदै उपाध्याय “संबिधानमा तेस्रोलिंगीको अधिकार लेखिनु राम्रो पक्ष”

काठमाडौं (पहिचान) असोज १२ – “भाई तपाईहरुको संख्या कति छ ?” भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायको प्रश्न हो यो । ८ देखि १० प्रतिशत उत्तर दिदै समलिंगी तेस्रोलिंगी समूदायको मातृ संस्था नील हिरा समाजका उपनिर्देशक परसुराम राई । यति धेरै पो छन् ? उपाध्यायको प्रश्नमा उत्तर दिदै राईले भने, पछिल्लो सर्वेक्षण अनुसार नेपालमा हाम्रो समूदायका सदस्य ९ लाख भन्दा धेरै छन् । रेडियो कार्यक्रम पहिचानसँगको कुराकानी पछि राजदूत उपाध्यायले राईसँग राखेको जिज्ञासा र राईको जवाफ हो यो ।
100_3481नेपालको संबिधान विश्वकै उत्कृष्ट भएपनि यसबारे बुझाउन नसक्दा समस्या उत्पन्न भएको उपाध्यायको भनाई छ । “सबै बर्ग, समूदाय, क्षेत्र, धर्म, जातजातिको अधिकार लेखिएको नेपालको संबिधान विश्वकै उत्कृष्ट हो भनेर बुझाउनु पर्छ,” उनले भने, “नेपाली जनता र अन्तराष्ट्रिय समूदायलाई बुझाउन म आफ्नो तर्फबाट पनि पहल गर्छु ।”
विश्वमा यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगी समूदायलाई संबैधानिक अधिकार दिने नेपाल नवौ देश हो । “पहिला यस विषयमा मान्छेलाई थाहै थिएन । तेस्रोलिंगी भन्दा कस्तो कस्तो लाग्थ्यो,” राजदुत उपाध्यायले भने, “अहिले संविधानमै समेटियो यो राम्रो पक्ष हो ।” “हिजो कल्पना नै नगरेका विषयहरु आएका छन् । समलिंगी तेस्रोलिंगी बास्तविकता हो । मानव जीवनको कुरा हो । हाम्रो संविधानमा तेस्रोलिंगी, अपागं लगायत पछाडि पारिएका समूदायका अधिकारका कुरा सुनिश्चत भएका छन् ।” उनले भने ।
“विश्वब्यापी मानव अधिकारलाई सम्मान गर्दै संविधानमा लेखिएको छ,” राजदुत उपाध्यायले भने, “मानवअधिकारका बारेमा संविधान फ्रेण्ड्ली छ । विश्वब्यापी मावबअधिकारलाई यती सम्मान कँही पनि छैन ।”
राजदूत उपाध्यायले भारतको प्रशासनिक निकायबाट उत्पन्न समस्या प्रधानमन्त्री नरेन्द्र मोदीले नै हस्तक्षेपकारी भूमिका खेलेर समाधान गर्नु पर्ने वताए । भारतीय प्रधानमन्त्री मोदीले नेपालबारे अभिव्यक्ति दिएपछि दुई देशबीचको समस्या समाधान हुने भन्दै उपाध्यायले त्यसका लागि मोदी राष्ट्रसंघबाट फर्कनु पर्ने वताए । मोदीको अभिव्यक्ति पछि नेपाल भारत सम्वन्ध अझै राम्रो बन्ने राजदूत उपाध्यायको विश्वास छ । ग्यास छैन, पेट्रोल छैन नेपालीले समस्या भोगेका छन् राजदूत उपाध्यायले भने, नेपालीले हिम्मत हार्ने छैनन् भन्ने मोदीले बुझ्नु भएको छ, पक्कै समस्या समाधान हुन्छ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.