‘तेस्रोलिंगीको अधिकार अन्तराष्ट्रिय मञ्चमा नेपालले गर्व गर्ने विषय’

‘तेस्रोलिंगीको अधिकार अन्तराष्ट्रिय मञ्चमा नेपालले गर्व गर्ने विषय’

625
SHARES

काठमाडौं (पहिचान) असोज २१ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले समलिंगी तेस्रोलिंगीका लागि संविधानमा लेखिएको अधिकार नेपालका लागि गर्व गर्ने विषय भएको बताएका छन् । समलिंगी तेस्रोलिंगीहरुको आवाज रेडियो कार्यक्रम पहिचानसँगको कुराकानीमा थापाले विश्वका कम देशहरुमा मात्र दिइएको समलिंगी तेस्रोलिंगीको अधिकारले नेपाल अधिकार दिने सवालमा कति उदार छौं भन्ने उदाहरण प्रस्तुत गरेको बताए ।
‘हिजो हामी समलिंगी तेस्रोलिंगीका अधिकारका विषयमा कहाँबाट छलफल गरिरहेका छौं र आज हामी कहाँसम्म पुग्यौं भन्ने हेरियो भने अधिकारको लामो यात्रा अघि बढेको छ’ संसदको कृषि र जलस्रोत समितिका सभापति समेत रहेका थापाले भने, ‘यसले एउटा समुदायलाई मुलधारमा पुर्याएको मात्र छैन नेपालले गर्व गर्ने विषय समेत पाएको छ ।’ उनले संविधानमा लैगिंक तथा यौनिक अल्पसंख्यक भनि संबोधन गरेर लेखिएका अधिकारका विषय अन्तराष्ट्रिय मञ्चहरुमा नेपालले अधिकारका सवालमा कति लचक छ भन्ने कुरा उदाहरण प्रस्तुत गर्न सक्ने बताए ।
थापाले नेपालमा अधिकार स्थापित गरेर समृद्धि प्राप्त गर्ने अभियानले टुंगोमै पुग्न लाग्दा भारतीय पक्षले गरेको हस्ताक्षेपले समस्या निम्त्याएको बताए । उनले मधेसी, थारु, जातजाति लगायतका अधिकारका विषयमा नेपालभित्रै बहस भएका बेला मधेसीका अधिकार पुरा गरेर मात्र संविधान जारी गर भनेर भारतीय विशेष दुतले भनेकै कारण उनीहरुलाई ल्याउन प्रक्रिया रोक्न संभव नभएको बताए ।

समाचार शेयर गर्नुहोस्
625
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.