अन्य उल्लेख भएको राहदानीमा ताइवान जादै भूमिका

अन्य उल्लेख भएको राहदानीमा ताइवान जादै भूमिका

काठमाडौं (पहिचान) असोज २२ – तेस्रोलिंगी कैलाश श्रेष्ठ भूमिकालाई ताइवानले अन्य उल्लेख भएको राहदानीमा भिसा लगाइदिएको छ । नेपालबाट अन्य उल्लेख भएको राहदानीमा पहिलो पटक भिसा लगाउन भारतको दिल्ली पुगेकी भूमिकालाई ताइवानको दूतावासले एक्स उल्लेख गरेर भिसा लगाइदिएको हो । ताइवानमा हुने यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायको सम्मेलनमा सहभागी हुन अक्टोवर २४ मा ताइवान जादैछिन् ।

20151009_171908नेपाल सरकारले यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायका सदस्यलाई लिंगको महलमा अन्य उल्लेख गरेर नागरिकता र राहदानी दिन थालेको छ । तर ताइवानले भने यो समूदायका सदस्यलाई एक्स उल्लेख राहदानीमा भिसा लगाइदिएको छ । दिल्लीमा रहेको ताइवानी दूतावासले पहिलो पटक यो समूदायका सदस्यलाई लिंगको महलमा एक्स उल्लेख गरेर भिसा दिएको हो । अन्य उल्लेख भएको राहदानीमा पहिलो पटक बिदेश यात्रा गर्ने भूमिकाले आफ्नो राहदानीमा भिसा लागेकोमा खुशी लागेको वताइन ।

यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायको अधिकार प्राप्तिका अभियन्ता एवं पूर्व सभासद् सुनिलबाबु पन्तले भूमिका पहिचान सहितको भिसामा ताइवान जान लागेकोमा बधाई दिएका छन् । नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले पहिचान सहितको राहदानीमा भिसा लगाउन पाउनु समूदायको लागि राम्रो खबर भएको वताइन । भूमिका सहित नेपालबाट अहिलेसम्म मनोज शाही मोनिका, सन्तबहादुर पुन, कुसुम बिष्ट र पुष्पा लामाले अन्य उल्लेख भएको राहदानी लिएका छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.