“समलिंगी तेस्रोलिंगीलाई पनि आरक्षण दिनु पर्छ”

“समलिंगी तेस्रोलिंगीलाई पनि आरक्षण दिनु पर्छ”

काठमाडौं (पहिचान) असोज २५ – पूर्व सांसद शान्ता चौधरीले समलिंगी तेस्रोलिंगीका अधिकार संविधानमै उल्लेख हुनु स्वागत योग्य भएको बताएकी छन् । “संविधानमै तेस्रोलिंगीका अधिकार लेख्ने नेपाल विश्वमै दोस्रो राष्ट्र बनेको छ,” चौधरीले भनिन्, “यो निकै राम्रो पक्ष हो । सबै नागरिक समान हुन् सबैले समान अधिकार पाउनु पर्छ भन्ने मान्यतालाई यसले स्थापित गरेको छ ।” यौनिक तथा लैगिक अल्पसंख्यक पनि यही देशका नागरिक भएकाले उनीहरुलाई पनि समान व्यवाहार गरिनु पर्ने उनको भनाई छ ।

Shanta chaudhari“पछिल्लो समय राहदानी र नागरिकता पनि पाएको भन्ने मैले सुनेको छु । अघिल्लो संविधानसभामा यो सुमदायको पनि ब्यक्ति हुनुहुन्थ्यो । यो विषयमा हामीले घण्टौं छलफल गरेका छौं । उनले भनिन, ब्यक्तिगत रुपमा म उहाँलाई सम्मान पनि गर्छु ।” अघिल्लो संविधानसभामा यौनिक तथा लैगिक अल्पसंख्यकको तर्फबाट सुनिलबाबु पन्त सदस्य थिए ।”
“यो समुदायका केही ब्यक्तिलाई म चिन्छु । दाङमा भएको एक सद्भाव र्यालीमा पनि उहाँहरुको ठूलो उपस्थिति थियो । बिस्तारै यो समुदायलाई समाजले पनि स्वीकार्दै आएको छ,” चौधरीले भनिन् । नेपालमा रहेका धेरै कू–प्रथा कानुनी रुपमा अन्त्य भएपनि व्यवहारिक रुपमा भने अन्त्य नभएको भन्दै उनले बिस्तार समाजमा रहेको बिभेद पनि अन्त्य हुनेमा आफु विश्वस्त रहेको बताइन् ।
“म आरक्षण, कोटा प्रणालीको त बिरोधी हुँ, दयाको भरमा कति समयसम्म रहने त्यसैले मैले दोस्रो संविधानसभा निर्वाचनमा लडेकी पनि हुँ । तर पछि परेको सुमदाय, लिंग तथा जातीलाई केही समय आरक्षण दिनु पर्छ । “समलिंगी तेस्रोलिंगीलाई पनि आरक्षण दिनु पर्छ ।” चौधरीले भनिन् ।
शान्ति, समृद्धि, एकता र विकासका लागि सकारात्मक अभियान सुरु गरेकी पूर्वसभासद चौधरी हरेक कुरालाई सकारात्मक रुपमा लिनसके नेपालको चाँडै विकास हुने वताउँछिन । आफुले सुरु गरेको अभियानप्रति शिर्ष दलका मुख्य नेताहरुले पनि ऐक्यबद्धता जनाउदै अभियानलाई सकारात्मक रुपमा लिएको उनले जानकारी दिइन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.