तेस्रोलिंगीलाई मानवअधिकारको दायरा भन्दा बाहिर राखेर हेर्नै मिल्दैन : बडु

तेस्रोलिंगीलाई मानवअधिकारको दायरा भन्दा बाहिर राखेर हेर्नै मिल्दैन : बडु

काठमाडौं (पहिचान) कार्तिक ११ – नेपाली कांग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडुले समलिंगी तेस्रोलिंगीलाई मानवअधिकारको दायरा बाहिर राखेर हेर्न नहुने बताएका छन् । लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको आवाज रेडियो कार्यक्रम ‘पहिचान’सँगको कुराकानीका क्रममा प्रवक्ता बडुले संविधानसभाबाट संविधान बन्ने आवस्यकता नैं यस्तै धेरै समुदायका अधिकार सुनिश्चित गर्नु भएको बताए ।
‘समलिंगी तेस्रोलिंगीसहित कुनै पनि मानवलाई मानवअधिकारको दायरा बाहिर राखेर हेर्न मिल्दैन’ बडुले भने, ‘नेपाली कांग्रेसको स्थापना नैं स्वतन्त्रताका लागि भएकाले कांगे्रस कुनै पनि समुदाय अधिकार विहिन भएको हेर्न चाहदैन ।’ उनले संविधानसभाबाट जारी भएको संविधानमा केही समुदायका अधिकार सुनिश्चत हुन नसकेकै कारण सुशील कोइरालाको तात्कालिन सरकारले समानुपातिक, समावेसी प्रतिनिधित्व सुनिश्चित गर्ने विषय र जनसंख्या र भूगोलका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने विषयमा संविधान संसोधन प्रस्ताव संसदमा दर्ता गराएको बताए ।
प्रकृतिले हरेक मानिसलाई फरक गुण र स्वभाव दिने भन्दै समलिंगी तेस्रोलिंगीहरु पनि प्रकृतिकै उत्पादन भएको बडुले बताए । उनले मानिस मानिसबीचको विभेद अन्त्यपछि मात्र देश विकास द्रुत गतिमा अघि बढ्ने दावी गरे ।
बडुले सुशील कोइरालाले प्रधानमन्त्री पदमा उम्मेद्वारी दिएको विषयमा अन्य देशको निर्देशन बताउनेले राष्ट्रिय समस्या समाधानका लागि कोइराला सरकारले दर्ता गरेको संविधान संसोधन प्रस्ताव अघि नबढाएर द्वन्द्व समाधान गर्ने जमर्को नगरेको आरोप लगाए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.