निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

संविधानले नामै उल्लेख गरेर तेस्रोलिंगीलाई अधिकार दियो : भट्टराई

संविधानले नामै उल्लेख गरेर तेस्रोलिंगीलाई अधिकार दियो : भट्टराई

912
SHARES

काठमाडौं (पहिचान) कार्तिक १२ – नेकपा एमालेका केन्द्रीय सदस्य बिशाल भट्टराईले नेपालको संविधान २०७२ ले कसैलाई पनि नछुटाएको बताएका छन् । उनले नेपालका सबै नागरिकले संविधानमा आफ्नो अनुहार देख्न सक्ने वताए । उनले नामै उल्लेख गरेर सबै बर्ग, समुदाय, क्षेत्र तथा लिंगका ब्यक्तिलाई अधिकार दिएको भन्दै भने, “यो संविधानले यति धेरै मौलिक अधिकार दिएको छ की बरु हामीलाई लागिरहेको छ यो कार्यान्वयन पो गर्न नसकिने हो कि भन्ने तर यसका लागि हामी लागिरहेका छौं ।”
समलिंगी तेस्रोलिंगीको अधिकार पनि नामै उल्लेख गरेर संविधानले सुरक्षित गरेको भन्दै उनले अब वषौंदेखी चाहेर होस या नचाहेर आफ्नो अधिकारबाट बञ्चित यो समुदायले स्वतन्त्र रुपले अधिकार उपभाग गर्न सक्ने वताए ।
रुपान्तिरित ब्यबस्थापिका संसदका सदस्य समेत रहेका भट्टराइले भने, “यो समुदाय बास्तवमा पहिचान नपाएको ठूलो समुदाय राज्यको मुल धारमा रहेको थिएन । गुमनाम नै थियो । आफ्नो अधिकारका लागि जुन हिसाबले उहाहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा अभियान चलाउनु भयो । लबिङ गर्नु भयो, संघर्ष गर्नु भयो यसले उहाहरुको अहिले पहिचान स्थापित भएको छ । नागरिकता पाउन थाल्नु भएको छ । राहदानी प्राप्त गर्न सक्ने अवस्था बनेको छ ।”
“राज्यका विभिन्न निकायमा प्रतिनिधित्वका सवालमा संविधानले नामै उल्लेख गरेर विभिन्न अल्संख्यकको प्रतिनिधित्व गराउने भनेको छ ।” केन्द्रिय सदस्य भट्टराईले भने,“नामै किटान गरेर अधिकार उल्लेख गरेको अवस्थामा बास्तबमा यो संविधानले सबै समुदाय तथा अल्संख्यकको अधिकार उल्लेख गरेको छ ।”
उनले नेपाल–भारत सीमामा भारतले लगाएको नाकाबन्दी बिरुद्ध सबै राजनीतिक दल, नेता तथा सरकार उभिनु पर्नेमा जोड दिदै यस्तो अवस्थामा भारतसँग झुक्ने नेता राष्ट्रघाति हुने बताए । भारतले जानाजान आफुसँगेको ब्यापार गर्न नेपाललाई अबरोध सृजना गरेपछि अब चीन तर्फ ढल्किुनुको अर्को विकल्प नरहेको भन्दै उनले भने,“छिमेकीले बाटो बन्द ग¥र्यो भने सार्बजनिक स्थलमा जाने बाटो आफैले खोल्नु पर्छ । यो बाध्यात्मक परिस्थितको उपज हो ।”

समाचार शेयर गर्नुहोस्
912
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.