“समलिंगी तेस्रोलिंगीलाई निशुल्क शिक्षा र स्वास्थ्यको व्यवस्था गर्नु पर्ने”

“समलिंगी तेस्रोलिंगीलाई निशुल्क शिक्षा र स्वास्थ्यको व्यवस्था गर्नु पर्ने”

अम्बिका दाहाल/काठमाडौं (पहिचान) कार्तिक १६ – राप्रपा नेपालकी सांसद राम दुलारी चौधरीले यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायलाई निशुल्क शिक्षा दिनु पर्ने वताएकी छन् । उनले यो समूदायका सदस्यलाई निशुल्क स्वास्थ्यको पनि व्यवस्था गर्नु पर्ने वताइन । सांसद चौधरीले संबिधानमा लेखिएको अधिकार कार्यान्वयन गर्न समलिंगी तेस्रोलिंगीलाई स्थानीय निकाय देखि समाबेश गराउनु पर्ने आबश्यकता रहेको वताइन ।

संबिधानमा लैगिंक पहिचान अनुसार नागरिकता पाउने, राज्यका हरेक निकायमा समावेशी सिद्धान्तका आधारमा प्रतिनिधित्व गर्न पाउने लेखिएको छ चौधरीले भनिन्, समलिंगी तेस्रोलिंगीले विस्तारै आफ्नो अधिकार प्राप्त गर्नेमा आशावादी छु । संबिधानमा लेखिएका अधिकार कार्यान्वयन गर्न आफू प्रतिवद्ध रहेको वताउँदै उनले समलिंगी तेस्रोलिंगीको बिषयमा आफ्नो पार्टीेले पनि चासो राखिरहेको वताइन । परिवारबाटै अपहेलित समलिंगी तेस्रोलिंगीलाई राजनीति दलमा पनि समावेश गराउनु पर्ने उनको भनाई छ ।

उनले यो समूदायका सदस्यले सम्मान गर्नुपर्ने वताइन । यस्तै राप्रपा नेपालकै अर्की सांसद धानो महराले संबिधानमा लेखिएको समलिंगी तेस्रोलिंगी समूदायको अधिकार कार्यान्वयन गराउन लाग्ने प्रतिवद्धता जनाइन । आफनो अधिकार प्राप्त गर्न समलिंगी तेस्रोलिंगी पनि अगाडि बढ्न आबश्यक रहेको महराले वताइन ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.