“समलिंगी तेस्रोलिंगीसहित सबैलाई समान बनाउनुपर्छ”

“समलिंगी तेस्रोलिंगीसहित सबैलाई समान बनाउनुपर्छ”

काठमाडौं (पहिचान) कार्तिक १८ – संघीय समाजवादी फोरम संसदीय दलका उपनेता लालबाबु राउतले समलिंगी तेस्रोलिंगीसहित आम नागरिकलाई समान हैसियतमा नपुर्याउदासम्म अधिकारको लडाइको अन्त्य नहुने बताएका छन् । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारको अवाज रेडियो कार्यक्रम ‘पहिचान’सँगको कुराकानीमा फोरमका उपाध्यक्ष समेत रहेका राउतले एउटा मात्र नागरिकले समेत अधिकारका लागि लड्नु नपर्ने अबस्थाका लागि आफू लडिरहेको बताए ।
‘समलिंगी तेस्रोलिंगीहरुले पनि अहिलेको मधेस आन्दोलनमा सकृयतापूर्वक सहभागिता जनाउनुभएको छ’ नेता राउतले भने, ‘उहाँहरुले यस अघिका आन्दोलनमा समेत सहभागिता जनाउँदै आफ्नो अधिकारको अवाज हामीसमक्ष पुर्याउनुभएको छ ।’ उनले समलिंगी तेस्रोलिंगीका आवाज विगतमा कसैले नउठाएपनि अहिले उनीहरुका जायज माग धेरैले उठाउने गरेको पनि बताए ।
भारतको उत्तर प्रदेशबाट राउतले आफ्ना एक नातेदार समेत रहेका तेस्रोलिंगी व्यक्ति भारतको लोकसभाका लागि निर्वाचित भएको भन्दै एउटा मानिस कुन लिंगको हो भन्ने आधारमा उसलाई अधिकारबाट बञ्चित गर्न नहुने बताए । उनले संसदभित्र र बाहिर राजनीतिक फोरममा समेत अन्य समुदाय सरह समलिंगी तेस्रोलिंगी समुदायको कुरा उठाउने प्रतिबद्धता समेत जनाए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.