डा. भट्टराई नेतृत्वमा गठन हुने पार्टीले यौनिक अल्पसंख्यकलाई समेट्ने

डा. भट्टराई नेतृत्वमा गठन हुने पार्टीले यौनिक अल्पसंख्यकलाई समेट्ने

977
SHARES

काठमाडौं (पहिचान) कार्तिक २० – एकीकृत नेकपा माओवादीका पूर्व बरिष्ठ नेता डा. बाबुराम भट्टराई नेतृत्वमा गठन हुन लागेको नयाँ राजनीतिक पार्टीले यौनिक तथा लैगिक अल्पसंख्यक समुदायलाई पनि समेट्ने प्रतिबद्धता जनाएको छ । मंगलबार एकीकृत नेकपा माओवादी पार्टी परित्याग गरेका नेता रामकुमार शर्माले नयाँ बन्ने पार्टी सबै जाती, धर्म, भाषा, समुदाय क्षेत्रलाई समावेश गर्ने क्रममा समलिंगी तेस्रोलिंगीलाई पनि समावेश गर्ने बताएका छन् ।

“तपाई हेर्दै जानुस् हाम्रो पार्टी यति समावेशी हुनेछ । यसमा सबैलाई समावेश गरिने छ” शर्माले भने,“ यसमा समलिंगी तेस्रोलिंगीहरुलाई पनि उच्च प्राथमिकता दिइने छ ।” “यो समुदायका सक्षम र सबल ब्यक्तिले हाम्रो नयाँ पार्टीमा जान पहल गर्नु पर्छ” उनले भने, “हामी त्यस्ता ब्यक्तिलाई समावेसी सिद्धान्तका आधारमा प्रतिनिधित्व गराउछौं ।” शर्माले भने, “डा. बाबुराम भट्टराईको नेतृत्वमा जारी भएको नयाँ संविधानले उहाँहरुको अधिकार सुरक्षित गरेको छ ।

बाँकी छुटपुट् अधिकार समेट्न पनि दलहरु सकारात्मक छन् ।” उनले आफ्नो पार्टीले यौनिक तथा लैगिक अल्पसंख्यकलाई “हाई प्रायोरोटीमा” राख्ने बताउदै भने, “हामी संविधान अनुसार बिधान बनाउने छौं । त्यसमा समाबेश गर्ने छौं । हामीले अरुले भन्दा फरक गर्नु पर्नेछ । किन भने हामी नयाँ छौं । त्यसैले हामी गर्छौं ।”

अन्य देशमा पनि यो समुदायले बिस्तारै अधिकार पाउदै गरेको भन्दै नेता शर्माले नेपालमा पनि यौनिक तथा लैगिक अल्पसंख्यकले अधिकार पाउदै गएको भन्दै अन्य देशको तुलनामा नेपालमा अझै बढी सहज रहेको बताए ।

समाचार शेयर गर्नुहोस्
977
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.