निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

तेस्रोलिंगीले अधिकार विहिन हुने अबस्था अब आउँदैन : रामकृष्ण यादव

तेस्रोलिंगीले अधिकार विहिन हुने अबस्था अब आउँदैन : रामकृष्ण यादव

653
SHARES

काठमाडौं (पहिचान) मंसिर ४ – नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले समलिंगी तेस्रोलिंगीले अब अधिकार विहिन भएर बस्नु नपर्ने बताएका छन् । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको आवाज रेडियो कार्यक्रम ‘पहिचान’सँग कुरा गर्दै सांसद यादवले संविधानमा यौनिक तथा लैंगिक अल्पसंख्यकको मुद्धा संबोधन भएको भन्दै अब कहिलै पनि उनीहरुले पहिला जस्तो अधिकार विहिन हुने अवस्था नरहने बताए ।
‘नेपालको संविधानले नैं यौनिक तथा लैंगिक अल्पसंख्यक भनेर समलिंगी तेस्रोलिंगी समुदायलाई समेटको छ’ सांसद यादवले भने, ‘अब संविधान बमोजिम कानुन निर्माण हुन्छन् र कसैले पनि उत्पिडनमा पर्नु नपर्ने अवस्थाको स्थापना हुने छ ।’ उनले प्रजातन्त्रमा कुनैपनि नागरिकले विभेदको समाना गर्नु नहुने भन्दै त्यो अवस्थाको सृजना नयाँ संविधानले गरेको बताए ।
‘संविधान समानुपातिक र समावेसी प्रतिनिधित्व गर्ने विषयमा चुकेको छ, यसमा प्रमुख तीन दलको प्रतिबद्धता सहित तात्कालिन प्रधानमन्त्री सुशील कोइरालाको सरकारले संविधान संसोधन प्रस्ताव संसद्मा दर्ता गराएको छ’ यादवले भने, ‘त्यो प्रस्तावमा प्रतिबद्धता जनाउने व्यक्ति केपी ओली नैं अहिले प्रधानमन्त्री भएकाले त्यो विधेयक चाडै संसद्बाट पारित हुन्छ भन्नेमा म विश्वस्त छुँ ।’ उनले विधेयक पारित भएपछि तराई, पहाड र हिमालका आदिवासी, जनजाति महिला, मुस्लिम, अल्पसंख्यक देखि यौनिक तथा लैंगिक अल्पसंख्यक सम्मको अधिकार सुनिश्चित हुने बताए । यादवले वर्तमान सरकारले आफ्नै प्रतिबद्धता अनुरुपको विधेयक पारित नगर्दा मधेसी देखि आदिवासी जनजाति, थारु मुस्लिम अल्पसंख्यक लगायतमा अविश्वासको वातावरण बढिरहेको पनि बताए ।

समाचार शेयर गर्नुहोस्
653
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.