निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

तरुण दलमा तेस्रो लिंगीहरुलाई विभेद हैन समानताको व्यवहार गर्ने प्रशिक्षण नैं छ : राणा

तरुण दलमा तेस्रो लिंगीहरुलाई विभेद हैन समानताको व्यवहार गर्ने प्रशिक्षण नैं छ : राणा

792
SHARES

काठमाडौं (पहिचान) मंसिर ६ – नेपाल तरुण दलका अध्यक्ष उदयसमशेर राणाले पुरुष र महिला जस्तै समलिंगी तेस्रोलिंगी पनि हुने भन्दै त्यसबारे नेपाल तरुण दलमा आफूले प्रशिक्षीत गरिसकेको बताएका छन् । नेपाली कांग्रेसका तर्फबाट सांसद समेत रहेका राणाले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अवाज रेडियो कार्यक्रम ‘पहिचान’सँग कुरा गर्दै आफ्ना असल साथीहरु समेत तेस्रोलिंगी भएको बताए ।
‘मेरा साथिहरु पनि तेस्रोलिंगी हुनुहुन्छ र उहाँहरु अन्य साथिहरुजस्तै असल हुनहुन्छ’ अध्यक्ष राणाले भने, ‘यो युवा साथिहरुले बढी जानकारी राख्नुपर्ने विषय भएकाले हामीले तेपाल तरुण दलमा समेत यसका विषयमा जानकारी आदानप्रदान गरेका छौं ।’ समलिंगी तेस्रोलिंगी हुनु प्राकृतिक रुपमा आउने स्वभाव र शारीरिक विकास भएको भन्दै त्यसलाई हेरेर हाँस्ने वा उनीहरुलाई होच्याउने काम गर्न नहुने राणाको भनाई छ । ‘यसबारे नेपाल तरुण दल तल्लो तहसम्म बहस चलाएर सामाजिक विभेद अन्त्य गर्न चाहन्छ’ उनले भने ।
सांसद्समेत रहेका राणाले विश्वका विकसित भनिएका राष्ट्रहरुमा समेत समलिंगी तेस्रोलिंगीलाई विभेद गरिएको भन्दै यो समुदायलाई हेर्ने नजर र संबैधानिक व्यवस्थामा उनीहरुभन्दा नेपाल अगाडी रहेको बताए । ‘स्वदेश देखि विश्वका विकसित देशमा पनि समलिंगी तेस्रोलिंगीलाई विभेद गरिन्छ र हाँसोका पात्र बनाईन्छ’ राणले भने, ‘तर हाम्रो देशमा अब संबैधानिक व्यवस्था समेत भएको र युवा पुस्ताले पनि सहज रुपमा बुझिरहेका कारण त्यस्तो हुने छैन ।’ उनले युवा पुस्तामा जागरणले मात्र परिवर्तन संभव हुने भन्दै सम्पूर्ण युवा पुस्तालाई यसबारे बुझाउनु आवस्यक भएको बताए ।

समाचार शेयर गर्नुहोस्
792
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.