निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

संविधानमा अधिकार संबोधन भयो भनेर चुप बसे अधिकार गुम्न सक्छन : कमाल

संविधानमा अधिकार संबोधन भयो भनेर चुप बसे अधिकार गुम्न सक्छन : कमाल

944
SHARES

काठमाडौं (पहिचान) मंसिर १२ – स्वतन्त्र सांसद अतहर कमाल मुसलमानले यौनिक तथा लैंगिक अल्पसंख्यक संविधानमा अधिकार सुनिश्चित भयो भनेर निस्कृय भएमा प्राप्त अधिकार पनि गुम्ने खतरा रहेको बताएका छन् । यौनिक तथा लैंगिक अल्पसंख्यकको अवाज रेडियो कार्यक्रम ‘पहिचान’सँग कुरा गर्दै सांसद कमालले हिजो जसरी संविधानमा संबोधन गर्न लागेको हो त्यतिकै सक्रियता अव पनि आवस्यक हुने बताए ।
‘संविधानमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय भनेर लेखाउन र लैंगिक पहिचानका आधारमा नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने हक लेखाउन जुन सक्रियता यो समुदायले देखाएको थियो, त्यो सक्रियता अबका दिनमा पनि आवस्यक छ’ कमालले भने, ‘हैन भने संविधान अनुरुपका कानुन निर्माण गर्ने क्रममा प्राप्त अधिकार पनि छुट्न सक्छन् ।’ उनले कानुन निर्माणका क्रममा यो समुदायका सबै समस्या अरुले नबुझ्ने भएकाले समुदायका तर्फबाट निरन्तर ध्यानाकर्षण गराउनु आवस्यक भएको बताए ।
‘विश्वका धेरै देशमा संविधानमा लेखिएका कतिपय विषय कानुनमा नआएकै कारण स्थापित नभएका उदाहरण छन्’ उनले भने, ‘त्यसैले संविधानमा अधिकार लेखियो भनेर ढुक्क हुनुभन्दा कानुन नबन्दासम्म अझ सक्रियताका साथ लागि पर्नु आवस्यक छ ।’ उनले कानुन बनेपछि पनि त्यसको व्यवहारिक कार्यान्वयनको पक्षमा जोड दिनुपर्ने बताए ।

समाचार शेयर गर्नुहोस्
944
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.