निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

“हिजो महिलाको अवस्था सुधार भएजसरी नैं तेस्रोलिंगीको पनि हुन्छ”

“हिजो महिलाको अवस्था सुधार भएजसरी नैं तेस्रोलिंगीको पनि हुन्छ”

935
SHARES

काठमाडौं (पहिचान) पौष १४  – नेपाली कांग्रेसका सांसद बुद्धिराम भण्डारीले समलिंगी तेस्रोलिंगीले पनि अब अधिकार विहिन भएर बस्नु नपर्ने बताएका छन् । यौनिक तथा लैंगिक अल्पसंख्क समुदायको आवाज कार्यक्रम पहिचानसँग कुरा गर्दै सांंसद् भण्डारीले पसु अधिकारको समेत कुरा हुने समयमा कुनैपनि मानिसले अधिकार विहिन भएर बस्नु नपर्ने बताए ।
‘२० वर्ष अघि महिलाको अवस्था जस्तो थियो, अहिले त्यस्तै अवस्था तेस्रोलिंगीको छ’ सांसद भण्डारीले भने, ‘आज पुरुष भन्दा धेरै अधिकार महिलाले पाएका छन्, त्यसरी नैं तेस्रोलिंंगीले पनि सबै कानुनी अधिकार तेस्रोलिंगीले पनि प्राप्त गर्ने छन् ।’ उनले एउटा बच्चालाई पनि नरोएसम्म आमाले दुध नखुवाउने भन्दै अधिकारका लागि आवाज उठाउने क्रम भने जारी राख्नुपर्ने बताए । ‘पसु अधिकारको कुरा समेत चलिरहेको अवस्थामा फरक लिंग भएकै कारण तेस्रोलिंगीले अधिकार नपाउने भन्ने हुँदैन’ भण्डारीले भने ।
भण्डारीले संविधानले समलिंगी तेस्रोलिंगीलाई संबोधन गरिसकेको भन्दै अब कानुनमा अधिकार लेख्नका लागि समुदाय र जिम्मेवार पक्ष दुबैको भूमिका आवस्यक हुने बताए । ‘संविधानले यौनिक तथा लैंगिक अल्पसंख्यक भनेर तेस्रोलिंगीलाई संबोधन गरिसकेको छ’ उनले भने, ‘अब कानुन निर्माणका लागि पनि पहिले जत्तिकै सक्रीयता समुदायका तर्फबाट आवस्यक छ, हामी कानुन निर्माणमा जिम्मेवार भूमिका निर्वाह गर्ने छौं ।’ उनले संविधानसभाबाट रुपान्तरित संसद्ले काुनन निर्माणको जिम्मेवारी पुरा गर्ने भन्दै आफ्नो भूमिका लैंगिक मैत्री हुने बताए ।

समाचार शेयर गर्नुहोस्
935
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.