हामी तेस्रोलिंगीको अधिकारप्रति सचेत छौं : यादव

हामी तेस्रोलिंगीको अधिकारप्रति सचेत छौं : यादव

काठमाडौं (पहिचान) पौष २६ – संघीय समाजवादी फोरमका प्रमुख सचेतक डा. शिवजी यादवले समलिंगी तेस्रोलिंगी समुदायको अधिकारका लागि आफूहरु जुनसुकै ठाउँमा पनि आवाज उठाउँन तयार रहेको बताएका छन् । यौनिक तथा लंैगिक अन्पसंख्यकको आवाज रेडियो कार्यक्रम पहिचानसँग कुरा गर्दै डा. यादवले यौनिक तथा लैंगिक अल्पसंख्यक मात्र नभएर अधिकार विहिन भएका सबै समुदायका लागि आफूहरुले राजनीतिक भूमिका निर्वाह गर्ने बताए ।
‘हामी समलिंगी तेस्रोलिंगी सहित अन्य अधिकार विहिन समुदायका अधिकारका लागि लड्र्दै छौं, आवस्यक पर्दा जुनसुकै समुदायको अधिकारका लागि लड्ने छौं’ यादवले भने, ‘अहिले मधेसी जनताका लागि लडिरहेका छौ, भोलिका दिनमा जो कसैको अधिकारका लागि लड्ने छौं ।’ उनले मुल कानुन ‘संविधानमा’ सबैको सहमति हुन नसकेको भन्दै सहमति भएसँगै संसद्मा दु्रत गतिमा कानुन निर्माणको काम अघि बढ्ने बताए ।
समलिंगी विवाहलाई मान्यता दिने गरी कानुन बन्छ त ? भन्ने प्रश्नमा यादवले अहिले नैं यस्तै हुन्छ भन्ने अवस्था नरहेपनि सबैको हितमा कानुन बन्ने बताए । ‘अहिले नैं कसका लागि कस्तो कानुन बन्छ भनेर भन्नु अली हतारो हुन सक्छ’ यादवले भने, ‘तर म विश्वासका साथ भन्न चाहन्छु संविधानको विवाद सकिएर कानुन निर्माणमा गएपछि त्यो कानुन लागू हँदासम्म समलिंगी तेस्रोलिंगीहरुले पनि सन्तुष्ट हुँने अवस्था आउँ छ ।’ उनले हरेक नागरिकले पाउँने अधिकारबाट कोही पनि बञ्चित हुन नपर्ने पनि बताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.