संविधान संसोधनमा समेटिँदै यौनिक अल्पसंख्यक

संविधान संसोधनमा समेटिँदै यौनिक अल्पसंख्यक

काठमाडौ (पहिचान) पौष २६ – यौनिक तथा लैगिक अल्पसंख्यकहरु सबै पार्टीको संसोधन प्रस्तावमा समेटिएका छन् । संविधानको पहिलो संसोधन विधेयक २०७२ माथिको संसोधन प्रस्तावमाथि सामाजिक न्यायको हकमा संसोधन हाल्ने अधिकांसले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई समेटेका हुन् ।
नेपाली कांग्रेसका तर्फबाट संसोधन विधेयक माथि संसोधन प्रस्ताव लगेका फर्मुल्लाह मन्सुरले संविधानको धारा ४२ को सामाजिक न्याएको हकमा यौनिक तथा लैंगिक अल्पसंख्यकलाई पनि समानुपातिक समावेसी प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका छन् । उनले मधेसी, मुस्लिम आदिवासी जनजाति, महिला, पिछडा वर्ग सहित, अल्पसंख्यक सहित यौनिक तथा लैंगिक अल्पसंख्यक र आर्थिक अवस्था कमजोर भएका खस आर्यलाई पनि समानुपातिक समावेसी प्रतिनिधित्वका आधारमा राज्यका सबै अंगमा प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका छन् ।
समलिंगी तेस्रोलिंगी यही देशका सन्तान हुन् सांसद मन्सुरले पहिचान अनलाइनसँग कुरा गर्दै भने, प्रकृतिले ठग्यो भन्दैमा राज्यले विभेद गर्न पाउँदैन । उनले राज्यका हरेक निकायमा यो समूदायका सदस्यलाई सहभागी गराएर मलम लगाउने काम गर्नु पर्ने वताए । अधिकार प्राप्तिका लागि फेरी यो समूदायले आन्दोलन गर्न नपर्ने गरी संबिधानमा  व्यवस्था हुनु पर्ने भनेर आफूले संसोधन प्रस्ताव दर्ता गराएको सांसद मन्सुरले जानकारी दिए ।
संविधान पहिलो संसोधन विधेयकमा कांग्रेसका मात्र छ वटा संसोधन परेका छन् भने एकीकृत नेकपा माओवादीका चार संसोधन परेका छन् । नेपाली कांग्रेसकै नेतृत्वको सरकारले तयार पारेका विधेयकमा मधेस र आदिवासी जनजाति, महिला, अल्पसंख्यक, सिमान्तकृत र यौनिक तथा लैंगिक अल्पसंख्यकका विषय संबोधन आवस्यक भन्दै कांग्रेसले नैं संसोधन लैजाने निर्णय गरेको हो । जस अनुसार पार्टीको सहमतिमा फरमुल्लाह मन्सुर र विमलेन्द्र निधिले संसोधन प्रस्ताव लगेका हुन् भने बाँकी चार वटा प्रस्ताव कांग्रेसका सांसदहरु डा. मिनेन्द्र रिजाल, डा. प्रकाशशरण महत, संजय यादव र सिता नेपालीले लगेका हुन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.