भगवानको गिफ्टलाई स्वीकार गर्नु पर्छ : नायक खनाल

भगवानको गिफ्टलाई स्वीकार गर्नु पर्छ : नायक खनाल

काठमाडौं (पहिचान) पौष २९ – नायक सरोज खनालले अझै पनि नेपाली समाज निकै संकिर्ण रहेको बताएका छन् । चेतनाको स्तर माथि उठ्न नसकेका कारण अझै पनि नेपालमा विभिन्न जातजाती, लिंग तथा पेशाका ब्यक्ति विभेदमा पर्ने गरेको उनको भनाई छ ।
saroj-khanal“समाज जससम्म संकिर्ण रहन्छ त्यो समयसम्म यहाँ विभेदको श्रृखला चलिरहन्छ”, खनालले पहिचान अनलाइनसँग कुरागर्दै भने, “जवसम्म चेतनाको स्तरमाथि उठ्दैन तवसम्म समलिंगी तेस्रोलिंगीलाई यो समाजले सकारात्मक रुपमा लिदैन ।”
नेपाली चलचित्रमा यौनिक तथा लैंगिक अल्पसंख्यकका विषय समावेश नगरिनु पनि यही कारण मुख्य रहेको नायक खनालको भनाई छ । नेपाली चलचित्रको बजार निकै सानो रहेको र लगानी उठाउन समेत निकै गाह्रो रहेका कारण निर्माता तथा निर्देशकले समाजको आवश्यकतालाई भन्दा पनि बजारको मागका आधारमा विषयबस्तु प्रस्तुत गर्ने गरेको खनाल बताउँछन् । “नेपाली चलचित्रको बजार निकै सानो छ, त्यसलै चलचित्रको लागनी जोखिममा पर्ने डरले निर्माता तथा निर्देशकले चलचित्रमा के उठान हुनु पर्छ भन्दा पनि के दिइयो भने लगानी उठ्छ भन्ने बिचार गरेर चलचित्र निर्माण गरिएकाले यौनिक तथा लैंगिक अल्पसंख्यकको विषय उठान नभएको हो ।”
“मलाई लाग्दैन समलिंगीको विषयलाई लिएर पुरै नेपाली चलचित्र बनेको छ”, खनालले भने,“यसको मुख्य कारण पनि यही नै हो । यदी समाजले राम्रोसँग हेरेको हुन्थ्यो भने यो विषयमा आधारित चलचित्र बन्ने पनि थियो । र, सकारात्मक चरित्रमा उतारिने थियो ।”
विपरित लिंगी महिला पुरुष सरह यौनिक तथा लैंगिक अल्पसंख्यकका ब्यक्ति पनि समान रहेका कारण उनीहरुलाई विभेद गर्नु पर्ने कारण नरहेको भन्दै उनले भने,“तपाई हामी जस्तै उहाँहरुपनि मानव नै हो । भगवानको गिफ्टलाई विभेद गर्ने होइन स्वीकार गर्नु पर्छ ।” राज्यले समेत अधिकार दिन थालेको अवस्थामा समाजले विभेद गर्न नहुने उनको भनाई छ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.