निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

सोलुखुम्बुमा १५ जना समलिंगी तेस्रोलिंगी खुलेर आए

सोलुखुम्बुमा १५ जना समलिंगी तेस्रोलिंगी खुलेर आए

635
SHARES

सोलुखुम्बु (पहिचान) माघ ४ – सोलुखुम्बुमा १५ जना समलिंगी तेस्रोलिंगीहरु खुलेर आएका छन् । रेडियो कार्यक्रम पहिचान सुनिसकेपछि आफ्नो यौनिकताबारे थाहा भएको भन्दै उनीहरु खुलेर आएका हुन् । खुलेर आउनेहरु मध्ये अधिकांसले आफ्नो परिचय तत्काल सार्वजनिक नगर्ने बताएपनि ३५ वर्षिय कृष्णबहादुर थापाले भने स्पष्टसँग पहिचान बताउन थालेका छन् ।
‘रेडियो कार्यक्रम पहिचान सुनेपछि हामी समलिंगी तेस्रोलिंगी रहेछौं भनेर थाहा भयो’ नील हिरा समाजले संचालन गरेको टोल फ्रि नंम्बरमा फोन गरेर थापाले भने, ‘हामीले रेडियो सुनेर आपसमा कुराकानी गरेपछि हामी समलिंगी तेस्रोलिंगी रहेछौ भनेर थाहा भयो ।’ उनले अब विस्तारै खुलेर आउने विषयमा साथीहरुसँग कुराकनी भइसकेको भए पनि समाजिक र पारिवारिक समस्यामा परिने हो कि भनेर डर लागिरहेको बताए ।
‘हामी हाम्रो लैंगिकता लुकाएर बस्न सक्ने अवस्थामा पनि छैनौं, सबैलाई थाहा हुने गरी बताउन पनि डर लागिरहेको छ’ उनले भने, ‘अझ साथिहरुले केही समय नाम सार्वजनिक नगर्ने पनि भन्नुभएको छ ।’ उनले समाजिक समस्यामा नपर्ने ज्ञारेन्टीको खोजीमा आफू लागिरहेको भन्दै त्यसका लागि सहयोग गर्ने संस्था वा व्यक्तिको खोजीमा आफूहरु रहेको बताए ।
यसैबीच नेपाली कांग्रेस सालेखुम्बुका सभापति आङगेलु शेर्पाले केही व्यक्तिले नागरिकता लिन आउँदा नैं आफूले प्रोत्साहन गरेको भन्दै त्यस्त समुदायका व्यक्ति आएमा सहयोग गर्न तयार रहेको बताए । ‘उहाँहरु जे हो त्यो भनेर आउनु पर्यो, बाहिर एउटा र भित्र अर्कै भएर हिडेको मलाई मन पनि पर्दैन’ सभापति शेर्पाले भने, ‘यदी उहाँहरु राजनीतिक रुपमा नैं कतै लाग्न चाहनुहुन्छ भने पनि म प्रोत्यासहन गर्छु ।’ शेर्पाले कांग्रेसको क्रियाशिल सदस्यता प्राप्त भइसकेको कुनै व्यक्ति नेतृत्वमा आउन चाहेमा पनि सामाजिकीकरणका लागि आफूले सकारात्मक सहयोग गर्ने बताए ।

समाचार शेयर गर्नुहोस्
635
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.