‘सक्कली तेस्रोलिंगी पीडित छन्, नक्कलीले सुविधा लिइरहेका छन्’

‘सक्कली तेस्रोलिंगी पीडित छन्, नक्कलीले सुविधा लिइरहेका छन्’

काठमाडौं (पहिचान) माघ १२ – संसद्को विधायन समितिकी सभापति गंगा चौधरीले समलिंगी तेस्रोलिंगीहरु नेपाली समाजमा सबैभन्दा बढी विभेदमा परेको भन्दै त्यहाँ भित्र पनि विभेद रहेको बताइकी छन् । यौंनिक तथा लैंगिक अल्पसंख्यक समुदायको आवाज रेडियो कार्यक्रम ‘पहिचान’मा कुरा गर्दै सभापति चौधरीले समाजमा समस्या ग्रस्त समुदायको हितमा कानुन निर्माण गर्ने विषयमा आफू लागि रहेको बताइन् ।
‘समानता र सामाजिक न्यायका लागि कानुनले संबोधन गर्नुपर्ने हुन्छ, त्यसका लागि कानुन निर्माणका क्रममा नैं संबोधन आवस्यक हुन्छ’ सभापति चौधरीले भनिन्, ‘समलिंगी तेस्रोलिंगीका विषयमा बन्ने कानुन कानुन मन्त्रालयसँग बढी सम्बन्धित हुने भएकाले पनि म कानुन मन्त्रीसँगको समन्वयमा काम गरिरहेकी छुँ ।’ उनले विधायन समितिमा कानुनी क्षेत्रबाट आएका सांसद्हरु पनि सकारात्मक रहेको भन्दै यौनिक अल्पसंख्यकका समस्या संबोधन गर्ने गरी नैं कानुन निर्माण हुने बताईन् ।
‘सबैभन्दा बढी पीडित भनेका समलिंगी तेस्रोलिंगीहरु हुन्, त्यहाँ भित्र पनि मैले धेरै विभेद देखेकी छँु’ सभापति चौधरीले भनिन्, ‘आफ्नै खुशीमा विवाह गरेर छोराछोरी भएकाहरु भेष बदलेर हिड्दै सुविधा लिन्छन,् वास्तविक तेस्रोलिंगी घरघरमा जलेर बसिरहेका छन् ।’ उनले कानुनले संबोधन गरेर समाजको विभेद रोकियो भने मात्र सबै तेस्रोलिंगीहरुले सार्थक जीवनको परिकल्पना गर्ने बताइन् ।
यौनिक अल्पंख्यकका समस्याबारे आफूू जानकार रहेको बताउने उनले सबैले बुझ्ने प्रयास गरे उनीहरुले पनि आफ्नो जीवन सार्थक मान्न थाल्ने बताइन् । ‘स्वरुप वा स्वभाव जस्तो भएपनि मानिसलाई मानिसका रुपमा मात्र बुझ्ने प्रयास गरे समाजमा विभेदको अन्त्य हुन्छ’ उनले भनिन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.